लन्डन । याक्थुङ माङ्गेना चुम्लुङ बेलायतले एक भव्य कार्यक्रम आयोजना गरी बलिहाङ्ग तङ्गनाम मनाएको छ । कार्यक्रम आमन्त्रित सम्पूर्ण अथितिहरुलाई महासचिव रोमियान वनेम लिम्बुले आशन ग्रहण गराउँदै संस्थापक अध्यक्ष कमला लिम्बु, सल्लाहकार नरकुमारी वनेम लिम्बु, अध्यक्ष कल्पना आङ्बुहाङ्ग, ईश्वर आङ्बुहाङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए भने जगतबहादुर इस्बोको समूहले लिम्बुहरुको मौलिक लोकप्रिय च्याब्रुङ नाच स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली राष्ट्रिय गीत बजाएर आफ्ना मातृभूमि नेपाललाई स्मरण गरिएको थियो । कार्यक्रममा सल्लाहकार नरकुमारी वनेम लिम्बु, अथिति काउन्सिलरद्वय प्रवेश केसी र जिब बेल्बासे, लिम्बुवान संघीय सामाजिक मन्च बेलायतका महासचिव रामकुमार इजम, किरात याक्थुङ चुम्लुङ ग्रेटर लन्डन शाखाका अध्यक्ष देब आङ्बुहाङ्ग, ईश्वर आङ्बुहाङ्, BPI quick limited का डाइरेक्टर शान्ति लिम्बु, एभेरेस्ट टाइम्स युकेका म्यानेजिङ डाइरेक्टर नगेन्द्र नेम्बाङ्गको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा गायिका कला चेम्जोङ गायक, मनसुधन थापा मगर र गायिका ममता गुरुङले विभिन्न नेपाली गीत गाएर भरपुर मनोरन्जन दिलाएका थिए भने नाम्लिङेक लारिङेक कार्यक्रम र राफल ड्र पनि खेलाएका थिए ।
कार्यक्रमको शुभअवसरमा BPI QUICK LIMITED का डाइरेक्टर एवम् उपन्यासकार शान्ति लिम्बुले मिलिजुली उपन्यास अडियो भर्सनमा सुन्न सकिने सार्वजनिक भएको बताइन् ।
आमन्त्रित सबै अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष कल्पना आङ्बुहाङ्ले बलिहाङ तङ्नामको महत्व र माङ्गेना शब्दको अर्थ प्रस्ट्याउँदै उपस्थित अतिथि मान्यजन सबै जनालाई धन्यवाद दिएका थिए ।
कल्पना आङ्बुहाङ्को अध्यक्षतामा सम्पन्न बलिहाङ्ग तङ्नाम कार्यक्रममा उपाध्यक्ष सुस्मिता याक्सो कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रोमियान वनेम केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।







