केवाईसीको वनभोज

SHARE:

शेरू चतुर्वर्ण
ब्रेन्टवूड एसिक्सी । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युके, थरक शाखा (ग्रेज) ले ब्रेन्टवूडको रमणीय थन्डन पार्कमा वार्षिक ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्व निर्णयअनुसार गत जून १६ मा पारिवारिक मनोरञ्जन साथ अनौपचारिक रुपमा नै सो ताम्भुङ्चा मनाइएको हो । मौसमको साथ र सहयोगी हातहरुको कारण वनभोजमा सहभागीहरुको ठूलो संख्यामा उपस्थिति रहेको केवाईसीले बतायो । भोजमा चिउरा, आलुदम, अचार, दालभात, पुलाउ, कुखुरा र बङ्गुरको बार्बीक्यु, सलाद, पापडम आदि समेटिएका थिए ।

विगतका वर्षहरूमा अर्ध औपचारिक तरिकाले हुने गरेको ताम्भुङ्चा यसवर्ष पूर्णरुपले अनौपचारिक गरिएको थियो ।

ताम्भुङ्चामा पोलुवा मासुको स्वादपछि खेल र त्यसले दिएको मनोरञ्जन उल्लेखनीय पक्ष थियो । कार्यक्रमको दिन प्रौढ महिला–महिला र पुरुष–पुरुषबीचकोे डोरी तान्ने खेल, महिलाहरूको कुर्सी दौढ र भान्जा भान्जीहरूको गुब्बारा
(बेलुन) फुटाउने खेल खेलाएर रमाइलो गरिएको थियो । खेलको पुरुष समूह दुवैपट्टि ग्रेज थरक कै थिए । तर, महिला समूहमा भने ग्रेज महिला समूह र शोभा क्षेत्रीद्वारा निर्देशित पिट्सी महिला समूहबीच डोरी तान्ने खेल भएको थियो । सो खेलमा पिट्सीका महिला समूह विजयी भई पुरस्कार हात पारेका थिए । यी खेलहरू सुन्नमा प्रिय लाग्छ, हेर्नमा यत्ति नै जोसिलो र मनोरञ्जक हुने गर्छ । अझ नानीहरूको गुब्बारा (बेलुन) फुटाउने खेलले त केटाकेटीदेखि बुढाबूढीसम्मलाई भरमग्दुर मनोरञ्जन गरायो । यी खेलहरूको संयोजन शरण पन्धाक, इन्द्रकुमारी पन्धाक र युवराज इस्बोले गरेका थिए ।

बार्बीक्युमा मान मेन्याङ्बो, नन्द खापुङ, हरि फोम्बो, मनि अन्छङ्बो, गजेन्द्र फोम्बो, धनराज हाङ्सरुम्बा, डम्बर सम्बाहाम्फे आदिले सहयोग गरेका थिए भने खाना वितरणमा आशा मादेन, कुमारी मेन्याङ्बो, निर्मला अन्छङ्बो, विष्णु हाङस्रोङ, गुड्डु लिम्बू र हेमा फोम्बोले सहयोग गरेका थिए । त्यस्तै जलपानमा टेक माबो र सन्तोसी लावतीले सहयोग गरेका थिए ।

राफल खेलमा सहकोषाध्यक्ष गंगाप्रसाद केदेम र रेनु लिबाङ भान्जीले मद्दत गरेका थिए । यातायातको काममा वीर नेम्वाङले मद्दत गरेका थिए ।

कार्यक्रको अन्त्यमा केवाईसी युके थरक शाखाका अध्यक्ष दलकुमार आङदेम्बेले कार्यक्रमको व्यवस्थापनले थप उर्जा मिलेको बताए । व्यवस्थापन पक्षको शेर इङ्नाम, आर्थिक पक्षको लक्ष्मी लिबाङ, स्थान व्यवस्थापनका झमक इमेहाङ, बीबीक्यू स्ट्यान्ड व्यवस्थाका हरि फोम्बो, खेल संयोजनका शरण पन्धाक, यातायातका वीर नेम्वाङ, खाना तयारीका आशा लिबाङ, कालो दाल तयारीका दिलमाया आङ्भाङ र सुमन सुब्बा, आलुदम तयारीका हेमा कुरुम्भङ र मीना कुरुम्बाङ, पापाडम तयारीका कुमारी मेन्याङ्बो, सलाद तयारीका राधा आङदेम्बे, चिउरा र अचार तयारीका निर्मला देवान, हेमा फोम्बो, गोलभेडा चटनी तयारीका प्रभा लिबाङ्, विद्या पापुङलगायत सहयोगी हातहरूप्रति आभार प्रकट गर्दैै कार्यक्रम अन्त्यको घोषणा गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!