पर्यटन मन्त्री आलेसंग एनआरएनए युकेले अन्तक्रिया गर्दै

SHARE:

लण्डन कात्तिक १७ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग गैरआवासीय नेपाली संघ एनआरएनए युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

हाल बेलायत भ्रमणमा रहेका मन्त्री आलेसंग बिहीबार अपरान्ह अल्डरशटस्थित एनआरएनए युकेको कार्यालयमै सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनआरएनए युकेले जनाएको छ । “बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई हाम्रो कार्यालयमा स्वागत गर्नुका साथै हाम्रा चासोहरुबारे जानकारी दिन यो कार्यक्रम आयोजना गर्न लागिएको हो,” अध्यक्ष प्रेम गाहा मगरले भने । उनले गत शनिबार लन्डनस्थित नेपाली दूतावासमा प्रधानमंत्री शेरबहादुर देउवालाई भेटेर एक ज्ञापन पत्र बुझाएको पनि स्मरण गरे ।

“नागरिक उड्डयन मंत्री प्रेमबहादुर आलेलाई पनि हामीले नेपाल तथा बेलायतबीच सीधा हवाइ सेवा संचालन गर्न अनुरोध गर्दै एक ज्ञापन पत्र बुझाउने छौं,” अध्यक्ष गाहा मगरले भने । यसै साता बेलायत आइपुगेका पर्यटन मन्त्री प्रेमबहादुर आलेले ब्रिटिश अधिकारीहरुसँग भेट वार्ता गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!