बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

SHARE:

लन्डन ४ नोभेम्बर | बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइयो। बेलायत,नेपाल र भारत, यूएई का साहित्यकार, कवि, कलाकार,गायककार पत्रकार र साहित्य प्रेमी लगायतका सर्जकहरूको उत्साहवर्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन गर्नुहँदै प्रमुख अतिथि यती संस्थाका पूर्व अध्यक्ष तथा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा.राघव प्रसाद धिताल ओबिई ले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जस्ले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो ।समारोहमा प्रमुख अतिथि डा. धितालले परिषद्की सहमहासचिव डा.सङ्गीता श्रेष्ठ ’स्वेच्छा’ द्वारा सम्पादित सहित्य र चित्रकलाको सङ्ग्रह ‘द हिमालयन सनराइज‘ पुस्तकको विमोचन गर्नुहुँदै लेखक सङ्गीता ’स्वेच्छा’ ले नेपाली साहित्य र चित्रकलालाई अंग्रेजी भाषामा सङ्ग्रहित गरी पुस्तक प्रकाशन गरेर नेपाली सिर्जनालाई अन्यभाषिहरूबीच पु-याउने अत्यन्त सराहनीय कार्य गरेकीछन भन्नुभयो ।

समारोहमा विशिष्ट अतिथि परिषदका नेपाल चाप्टरका प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपालपराजुलीले महाकवि देवकोटा बेलायतका सेक्सपियर्स र मिल्टन लगायतका विश्वका अतिविशिष्ट सिमितसाहित्यकारहरू मध्य एक थिए भन्नु भयो । विशिष्ट अतिथि परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले महाकविको विस्तृतजीवनी प्रस्तुत गर्नुहुँदै देवकोटाले नेपाली साहित्यलाई खँदिलो र उच्च स्तरको बनाएको चर्चा गर्नु भयो । परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले महाकवि देवकोटाकोकारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देशहरूमाझ गनिने गरेको छ भन्नुहँदै वरिष्ठसाहित्यकार शाहले अङ्ग्रेजी भाषामा हिमालयन सन राइज़ पुस्तक प्रकाशन गरेर साहित्यकार डा.सङ्गीतास्वेच्छाले नेपाली साहित्यलाई अन्तराष्ट्रीय क्षेत्रमा फैलाउने सरहानीय काम गरेकी छन् भन्नु भयो ।

सभापतिको आसनबाट परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्यविकास परिषद् यूके ले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटाजयन्ती लगायतका साहित्यिक गतिविधिहरू तिब्रगतिले अगाडि बढाउँदै आएको चर्चा गर्नु भयो । यस अघि स्वागत मन्तव्य राख्नु हुँदै परिषद्का सहअध्यक्ष कवि रेशम अर्यालले बेलायतमा नेपाली भाषासाहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुहुँदै नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान बारे प्रकास पार्नु भयो ।समारोहमा विमोचित पुस्तकको समिक्षा गर्नु हुँदैन समिक्षक कवि हेमन्त विश्वकर्माले पुस्तककी सम्पादकडा.सङ्गीता सवेच्छाले पुस्तकमा कविता, अन्तर्वार्ता, मन्तव्य, लेखरचना र तित्रकलाहरू समिस्रण गरेर रोचक रअध्यनमूलक एउटा भिन्नै नौलो प्रयोग गरेकी छन् भन्नु भयो ।

यसैगरी समारोहमा विमोचित पुस्तककी सम्पादक परिषद् की सहमहासचिव डा. सङ्गीता स्वेच्छा ले पुस्तकबारे आफ्नो मन्तव्य राख्दै भिन्नभिन्न भाषामा सञ्चालन हुने एउटा अन्तराष्ट्रीय कार्यक्रमको संयोजन गर्ने अवसरआफूले पाएकीले यो पुस्तकको जन्म हुन गयो भन्नु भयो । समारोहको आरम्भ गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले हरेक वर्ष तिहारको आरम्भ सँगै परिषद्लेमनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेणा र उर्जा मिल्ने गरेको चर्चागर्नु भएको थियो । यस लगतै कार्यक्रम् सञ्चालन गर्नुहँदै परिषद्का प्रमुख उद्घोषक यती संस्थाका सामाजिक सचिव तथा रोयलबरो अफ ग्रीनवीच नेप्लिज कम्युनिटी युके का अध्यक्ष जीत रानाभाटले महाकविका कविताहरू वाचन गर्नुकासाथै देवकोटाका योग्दान बारे प्रकास पार्नु भएको थियो ।

समारोहमा कोल्कोता भारतबाट जानकी माता धार्मिक संघकी सांस्कृतिक सचिव कलाकार गायिका सन्तोषीसिंहले राष्ट्रीय भावका नेपाली गीतहरू कार्यक्रमको बीच बीचमा गाएर सहभागीहरूलाई मन्त्रमुग्ध बनाउनुभएको थियो भने समारोहमा परिषद्का पूर्व अध्यक्ष कवि हरिसिंह थापा र उपाध्यक्ष वसन्त रायक्षेत्रीलेआआफ्ना रचनाका गीतहरू गाउनु भएको थियो । यसैगरी परिषद्का कोषाध्यक्ष कवि कलाकार मनोजअन्जानले सारङ्गीबाट मङ्गल धुनहरू प्रस्तुत गर्नु भएको थियो ।

समारोहमा कविता वाचन तर्फ भाग लिने कवि कवयित्रीहरूमा नेपालबाट वरिष्ठ कवि गोपाल पराजुली, ललिता दोषी,गंगा लिगल, कृष्ण अर्याल, हेम विश्वकर्मा डा.रेणुका थापा र राजेशजङ्ग शाह हुनुहुन्थ्यो भने यूएई बाट डा.गोपाल पौडेल हुनुहुन्थ्यो । यसैगरी बेलायतबाट वसन्त रायक्षेत्री, घनबहादुर थापा मगर, हिन्दमैञावैद्य, रेशम अर्याल, मञ्जु भण्डारी, जीत रानाभाट, मोहन आचार्य ‘जलद’,वीरेन्द्र कुँवर, मनोज अन्जान, वासु शर्मा, हरि सिंह थापा, कोमल प्रसाद श्रेष्ठ मल्ल र सुरेश जङ्ग शाह हुनुहुन्थ्यो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!