बेलायतमा कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति

SHARE:

लण्डन कात्तिक १८ ।

बेलायतले कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति दिएको छ ।

मेरिकी औषधि कम्पनी मर्क एण्ड रिजब्याक बायोथेरापेटिक्सले संयुक्त प्रयासले विकास गरेको खाने औषधिको प्रयोगको अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ । बेलायतको मेडिसिन एण्ड हेल्थकेयर उत्पादनको नियमक प्राधिकरणले मोलनूपिरावीर नामक औषधिको क्लिनिकल तथ्याङ्कको आधारमा मान्यता दिएको हो । यो औषधि कोभिड संक्रमण देखिएको वा संक्रमित भएको पाँचदिनभित्र खानुपर्नेछ ।

मोलनूपिरावीर कोरोनाभाइरस विरुद्धको विश्वको पहिलो खाने औषधि हो । अमेरिमा भने औषधि प्रयोगको अझै पनि अनुमति दिइएको छैन । त्यहाँ नोभेम्बर महिनाभित्र प्रयोगको अनुमतिको सन्दर्भमा निर्णय हुने बीबीसीले जनाएको छ । विश्वभर कोरोनाबाट अहिलेसम्म ५२ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म बिरामीको रोकथामको लागि खोपको प्रयोग गरिँदै आइएको छ । यद्यपि खोपको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!