लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके लण्डन शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्गको बिशेष उपस्थितिमा बिसीसी गुम्बा अल्डरसटमा बिशेष पूजा सम्पन्न भएको छ । गत बुधबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने माहाकालाको अवसरमा चोद पुजाको आयोजना गरिएको थियो ।
बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले बौद्ध धर्ममा माहाकाला र चोदको महत्व बारे जानकारी गराउदै चोद पूजा गरेका थिए । सो अवसरमा नवनिर्वाचित शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको नियमित पुजामा आपूm शाखाको प्रतिनिधित्व गरेर आएको बताउँदै १०८ वटा बत्ती समेत बालेका थिए ।
शाखा अध्यक्षमा निर्वाचित भएपछि बिसीसी युकेको गुम्बामा पहिलोपटक आएका शाखा अध्यक्ष गोपाल तामाङ्ले गुम्बाको अवलोकन गरी खेन्पो गुरु कुन्ख्यापसंग दर्शनभेट गरेका थिए ।
स्मरण रहोस्, गत अक्टोबर महिनामा सम्पन्न बिसीसी लण्डन शाखाको अविधेशनले गोपाल तामाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बिसीसी गुम्बामा बिशेष पूजा
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके लण्डन शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्गको बिशेष उपस्थितिमा बिसीसी गुम्बा अल्डरसटमा बिशेष पूजा सम्पन्न भएको छ । गत बुधबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने माहाकालाको अवसरमा चोद पुजाको आयोजना गरिएको थियो ।
बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले बौद्ध धर्ममा माहाकाला र चोदको महत्व बारे जानकारी गराउदै चोद पूजा गरेका थिए । सो अवसरमा नवनिर्वाचित शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको नियमित पुजामा आपूm शाखाको प्रतिनिधित्व गरेर आएको बताउँदै १०८ वटा बत्ती समेत बालेका थिए ।
शाखा अध्यक्षमा निर्वाचित भएपछि बिसीसी युकेको गुम्बामा पहिलोपटक आएका शाखा अध्यक्ष गोपाल तामाङ्ले गुम्बाको अवलोकन गरी खेन्पो गुरु कुन्ख्यापसंग दर्शनभेट गरेका थिए ।
स्मरण रहोस्, गत अक्टोबर महिनामा सम्पन्न बिसीसी लण्डन शाखाको अविधेशनले गोपाल तामाङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।