एनआरएनए यूकेद्वारा नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडानका लागि पहल

SHARE:


लण्डन नोभेम्बर ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आठ बर्ष अघिदेखि युरोपले नेपाली वायुसेवा माथि लगाएको प्रतिबन्ध फुकुवा गराएरै छाडने दावी गरेका छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले बिहीबार आफ्नो कार्यालय अल्डरशटमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनमन्त्री आलेले सो दावी गरेका हुन् । युरोपेली आकाशमा नेपाली वायुसेवा उडान भर्न सन् २०१३ देखि अर्न्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले प्रतिबन्ध लगाउँदै आएको छ ।

मन्त्री आलेले बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग प्रतिबन्ध फुकुवाकै लागि दुई पटक वार्ता गरिसकेको जनाए । मन्त्री आलेले आगामी शनिबार नेपाल पुगेपछि आइकाओलाई पत्राचार गरी हवाई सेवामा नेपाल गरेका सुधारका बारेमा जानकारी गराउने र भ्रमणका लागि आमन्त्रण गर्ने तयारी रहेको जानकारी दिए । “हामी उनीहरुसँगको निरन्तर संवादबाट छिट्टै नेपाली वायुसेवा निगम माथि लगाइएको प्रतिबन्ध फुकुवा गराईने छौ’, मन्त्री आलेले भने, “म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु । छिटै नेपाली ध्वजावाहक विमानले नेपाल(बेलायत उडन भर्नेछ । तपाई हामी चाडै भेट्ने छौ ।”

उनले नेपाल जस्तो गरिब मुलुकलाई हवाईजहाज उपलव्ध गराउन समेत सांसद बर्मासँग आग्रह गरेको जानकारी गराए । कार्यक्रममा पर्यटन सचिव सहित अन्तरक्रियामा उपस्थित भएका मन्त्री आलेले एनआरएनएहरुलाई नेपालीमा लगानी गर्न आग्रह गरे । “पर्यटन मन्त्रालयसँग बिभिन्न ठाउँमा खाली जग्गा रहेकाले लगानी गर्न चाहनेहरुका लागि लिजमा जग्गा उपलव्ध गराउनेछु”, उनले भने । दुई महिनाभित्र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारीमा सरकार लागेको आलेको भनाई थियो । नेपालमा आपतविपद् पर्दा सहयोग गर्ने एनआरएनएलाई उनले धन्यवाद समेत दिए ।

एनआरएनए युके प्रेम गाहामगरले बेलायत र नेपाल सिधा हवाइसेवाका लागि संस्थाले पहल गरिरहेको जनाए । “सिधा हवाई संचालनले नेपाललाई आर्थिक तथा पर्यटकीय फाइदा हुनेछ”, उनले भने । अध्यक्ष गाहामगरले नेपाल र बेलायतबिच सिधा हवाइसेवा संचालनका लागि ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापन पत्रमा विशेषगरी सन् २००० सम्म नेपाल–ब्रिटेन प्रत्यक्ष हवाइ उडान सेवा भएको, तर जहाजको संख्यामा कमी भएपछि तत्कालका लागि उडान स्थगित भएको, तर पछि सन् २०१३ मा आएर युरोपली संघले नै नेपाललाई सुरक्षाका कारण भन्दा युरोपली आकाशमा उडान अनुमति नदिएको भन्दै नेपाल–ब्रिटेन प्रत्यक्ष हवाइ उडान सेवा पुनः सञ्चालन पहलको लागि नेपाल सरकारलाई निवेदन गरिएको छ ।

अन्तरक्रियामा पर्यटन सचिव, एनआरएनए युके संरक्षक शेर सुनार, एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी थर्क सेनलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष शकुन्तला गुरुङले संयोजन गरेको कार्यक्रमको सञ्चालन प्रवक्त भरतमणी चोङबाङले गरे । त्यस्तै सचिव बिष्णु चालिसेले सहभागीहरुलाई स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष गोविन्द खरेलले ज्ञापन पत्र वाचन गरेका थिए ।

मन्त्री आलेले गत मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेट गरि हवाई प्रतिबन्ध फुकुवाका लागि उनले अनुरोध गरेका थिए । संयुक्त अधिराज्य बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) भाग लिन आउका मन्त्री आलेले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरे ।

पर्यटनमन्त्री आलेले नेपाल मामलामा जानकार रहेकी सांसद्‍ वर्मालाई पछिल्लोपटक उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायक गरी दुईवटा निकाय बनाउन नेपालको संसद्‍मा कानूनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी गराउँदै अर्न्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले औंल्याएका धेरै मुद्दामा सुधार गरेको जनाएका थिए । हाउस अफ लर्ड्समै भएको आधा घन्टाको भेटमा मन्त्री आलेले वर्मालाई नीजगढ विमानस्थल निर्माणमा नेपाल सरकारसँग स्रोत नभएकाले बेलायती लगानीकर्ता जुटाइदिन पनि अनुरोध गरेको जानकारी दिए । बेलायतलाई विमानस्थल निर्माणमा सहयोग गर्न समेत मन्त्री आलेले आग्रह गरे । उनी आगामी शनिबार काठमाडौं फर्किने कार्यक्रम छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!