सल्यान कात्तिक २१ ।

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतवार बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा १२ जनाको मृत्यु भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना रहेको बुझिएको छ। घाइतेको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी सबै घाइते छन् । चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।






