सम्माननीय प्रधानमन्त्रीज्यूसंग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम

SHARE:

हरि राम्जाली
काठमान्डौ | आज मिती ७ नोभेम्बर २०२१ का दिन म्याग्दी प्रबासी नेपाली संघ,अन्तर्राष्ट्रिय कार्यकारी समितिका नबनिर्बाचित पदाधिकारीहरुले  सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउबाज्यूसंग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा मोनाका नबनिर्बाचित अध्यक्ष अम्मर छन्त्याल (अमेरिका),उपाध्यक्ष ई नन्द गर्बुजा(यूएई), उपाध्यक्ष सुर्य भट्टचन(पोर्तुगल) र कोषाध्यक्ष महेन्द्र खड्का(जापान)को उपस्थिती रहेको थियो। सो भेटमा संघका अध्यक्ष अम्मर छन्त्यालले संघको संक्षिप्त परिचय तथा संघको ईतिहासको बारेमा जानकारी गराउनु भएको थियो भने उपाध्यक्ष ई नन्द गर्बुजाले बिगतदेखी बर्तमानसम्म संघले गरेका सामाजिक तथा परोपकारी गतिबिधीहरु प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।
सम्माननीय प्रधानमन्त्रीज्यूबाट नबनिर्बाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको शुभकामना ब्यक्त गर्दै आगामी दिनमा यस्तै प्रकारका मानवीय कार्य गर्ने तथा जिल्लाको बिकासमा पनि योगदान पुराउन प्रयास गर्न प्रोत्साहन गर्नु भयो।
हरि रामजाली
महासचिब २०२१-२०२३ कार्यकाल
म्याग्दी प्रवासी नेपाली संघ,अन्तराष्ट्रिय कार्यकारी समिति 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!