सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ

SHARE:

काठमाडौं कात्तिक २३ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोक्नुभएको थियो । आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका थिए । न्यायाधीशद्वय केसी र शर्मालाई एउटा बन्दी प्रत्यक्षीकरणसहित ३६ वटा मुद्दामा पेशी तोकिएको थियो । अन्य मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको छ ।

यही कात्तिक ८ गतेपछि केही दिन बन्दी प्रत्यक्षीकरण मुद्दा मात्रै पेशीमा चढाएका प्रधानन्यायाधीश जबराले आज अन्य मुद्दाको पनि पेसी तोकेका थिए । प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा पेशी तोकिएका मुद्दाको स्थितिमा भने बेञ्च नबसेको उल्लेख छ । न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!