बेलायतमा दैनिक ४० हजार कोरोना संक्रमित थपिंदै

SHARE:

लण्डन कात्तिक २५ ।

बेलायतमा दैनिक झण्डै ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ । संक्रमित भएकामध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । संक्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ ।

देशभरका १२ वर्षमाथी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसंख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो संख्यामा मानिसहरु संक्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!