बिसीसी युकेद्वारा टुल्कु रिन्पोछेको स्वागत तथा आर्ट लामाको बिदाई

SHARE:


लण्डन । बुद्धिष्ट  कम्युनिटी सेन्टर (बिसीसी) युकेले टुल्कु ग्यूरमेद कुन्जाङ रिन्पोछेको स्वागत तथा आर्ट गुरु रिग्जीनको बिदाई गरेको छ । गत बुधबार १० नोभेम्बरका साँझ बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा टुल्कु रिन्पोछेको स्वागत तथा आर्ट लामाको बिदाई गरिएको हो । काठमाण्डौस्थित सेचन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे केही महिना गुम्बामा रहने छन् । त्यस्तै, गत दुई महिना देखि गुम्बामा रहेका आर्ट गुरु आफ्नो बासस्थान सेफिल्ड जान लागेका हुन् ।

कार्यक्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले टुल्कु रिन्पोछेलाई खादा लगाई स्वागत र आर्ट लामा रिग्जीनलाई बिदाई गरेका थिए । त्यस्तै, बिसीसी युके आमा उपाध्यक्ष जगना गुरुङले  टुल्कु रिन्पोछेलाई फूलको गुच्छाले स्वागत र आर्ट लामा रिग्जीनलाई बिदाई गरेका थिए । सो अवसरमा अध्यक्ष तामाङले टुल्कु रिन्पोछेको बेलायत बसाई सुखमयको कामना गरे भने आर्ट लामा रिग्जीनले गुम्बालाई दिएको समयप्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै, टुल्कु रिन्पोछेले आफुलाई स्वागत गरेकोमा गुम्बाप्रति धन्यवाद दिए भने आर्ट लामाले छिटो समय भए पनि गुम्बाको बसाई अत्यन्त राम्रो भएको बताउदै धन्यवाद दिए ।

बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापको समेत बिशेष उपस्थिति रहेको उक्त कार्यक्रममा बिसीसी युकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ,  महासचिव क्याप्टेन देब घले, असिस्टेन्ट पीआर सेक्रेटरी जोय कम्बल, पूजा संयोजक आईबहादुर गुरुङ, कार्यसमितिका पदाधिकारी, आमा समूह, सल्लाहकार, ट्रष्टीज, भक्तजन लगायत आमाहरुले टुल्कु रिन्पोछेको खादा लगाई स्वागत तथा आर्ट लामाको बिदाई गरेका थिए । बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा बिदाई कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!