नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

SHARE:

काठमाडौं कात्तिक २६ ।

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् । एमालेले गैडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा भएको लोगो सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्न आब्हान गरेका हुन् । एमालेको सो राष्ट्रिय महाधिवेशन मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ ।

महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसका लागि शनिबार देशभर महाधिवेशन प्रतिनिधि चयन हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!