एनआरएनए यूकेको मिडिया संयोजकमा भण्डारी चयन

SHARE:

लण्डन कात्तिक २७ ।

गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् ।

एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो । नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरेका छन् ।

बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्व पूर्ण जिम्मेवारी प्राप्त गरेका उनले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् । गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले अन्य साथीहरुको सद्भाव सहित करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल शुरू गरेका थिए ।

मिडिया संयोजकको रुपमा जिम्मेवारी दिएको प्रति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै भण्डारीले आफूले पाएको जिम्मेवारी पूर्ण दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!