रसमोर भोलुन्टरी सर्भिसेसको वार्षिकोत्सवमा जीआरएनसीका पदाधिकारी

SHARE:

लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटीले रसमोर भोलुन्टरी सर्भिसेसको ५० औं वार्षिकोत्सवमा सहभागिता जनाएको छ । प्रिन्सेस हलमा आयोजित समारोहमा कम्युनिटीका नवनिर्वाचित अध्यक्ष मान गुरुङको नेतृत्वमा कम्युनिटी पदाधिकारीले सहभागिता जनाएका हुन् । सो अवसरमा वहुजातीय, वहुधार्मिक, वहुसांस्कृतिक तथा विभिन्न देश र क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सहभागिता थियो । रसमोर भोलुन्टरी सर्भिसेसले रसमोर काउन्सिलस्थित विभिन्न समुदायसंग सहकार्य गरि स्वयंसेवा गर्दै आएको छ । ५० औं वार्षिकोत्सवका क्रममा ग्रेटर रसमोर नेपलिज कम्युनिटीले कोभिड महामारीका बेला झण्डै ४० हजार गोर्खा तथा नेपाली परिवारलाई गरेको सहयोगको पनि प्रशंसा गरियो ।

कम्युनिटीले कोभिड कालमा आइसोलेसन रहंदा रसमोर बस्ने विशेषगरि वृद्धवृद्धा भूपू गोर्खा, तिनका परिवार र संक्रमित नेपालीलाई औषधोपचार, खाद्यान्न आदिमा सहयोग गरेको थियो । साथै मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन पनि संस्थाको भूमिका उल्लेख्य थियो । अध्यक्ष मान गुरुङले आफ्नो संस्थालाई स्थानीय तहमा गरिएको सम्मानले सामाजिक कार्यमा झन् मनोवल बढेको बताए । कम्युनिटी र रसमोर भोलुन्टरी सर्भिसेस्को लक्ष्य समान भएकाले पनि उक्त च्यारिटी संस्थासंग सहकार्य भइरहेको गुरुङले उल्लेख गर्दै सिइओ डोन्ना लगायतप्रति आभार समेत व्यक्त गरे ।

कार्यक्रममा कम्युनिटीका तर्फबाट अध्यक्ष गुरुङसहित पूर्व अध्यक्षहरु रामधान राई, जीव बेल्वासे, नेम थापा, ओमप्रसाद थापा, तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ, मेजर रि. टिकेन्द्रदल देवान, वीरबहादुर बलाल, वीरबहादुर थापा, बहादुर गुरुङ, धन थापामगर, जमुना रोका, मीन सुनुवार, नेत्र आले, राजेन्द्रमान गुरुङ, टोप पल्ली, लगायत सहभागी थिए । सो अवसरमा सयपत्री कल्चरल ग्रुपका तर्फबाट कविता घर्तीमगरले मन्जुश्री नाच देखाएर दर्शक मन जित्न सफल भइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!