ग्रेटर रसमर नेपाली कमुनिटी (जीआरयनसि) युकेको १०औं कार्यसमितिको पहिलो बैठक

SHARE:

ग्रेटर रसमर नेपाली कमुनिटी (जीआरयनसि) युकेको १०औं कार्यसमितिको पहिलो बैठक आज मिति सनिबार १३ फेब्रुअरी मा, ४९ भिक्टोरिया रोड अल्डर्सट, युकेमा बसेको छ। कार्यसमितिको यो पहिलो बैठकले रिक्त भएका भिन्न पदहरु थप गरिएको छ। सदस्यहरुमा अनुशा गुरुङ, डा बिशाल गुरुङ, सरोज केसी, किशोर चन्द, एज्रा श्रेष्ठ, भावना लिम्बु, रोशनी गुरुङ, सुशिला मगर, सुमन पुन, जीत मेनाङबो सह कोषाध्यक्ष, सूर्यमान गुरुङ सोसिएल मेडिया र मिलन गुरुङ फोटोग्राफीलाई नियुक्त गरिएको छ। नवनिर्वाचित सदस्यहरुलाई अध्यक्ष मान गुरुङले खादा लगाई स्वागत गर्नुभयो।

उक्त कार्यक्रममा अध्यछ गुरुङले समाजको स्थापना, चरिटी दर्ता, उद्धेश्य, भाबी कार्यक्रम, रणनिती, योजना, उपलब्धि, चुनौती, सुधार आदिको बारेमा उपस्थीत सदस्यहरुलाई जानकारी गराए भने कार्यसमितिको सुझाब अनुसार ३० जना सल्ल्लाहाकरमा नियुक्ति गर्ने निर्णय भयो ! उक्त सल्लाहकारहरुलाई शुक्रबर १९ फेब्रुअरी २०२१ मा रसमरबोरो काउन्सिलको चेम्बेर रूममा स्वागत गर्ने कार्यक्रम छ।

उपाध्यक्ष उत्तर गुरुङले रिमेम्बरेन्स सन्डे १०:३० बिहान प्रिन्सेस गर्देनमा हुने जानकारी गराए भने केहि सदस्यहरु अर्डर्सट मिलिटरी सीमेतरीमा बेलुकी ४ बजे लोकल ब्रिटिश भेटेरणको निमन्त्रणामा उपाध्यक्ष गुरुङको संयोजकमा उपस्थित हुने भएको छ । त्यस्तै बैठकमा नेपाली नयाँबर्ष कसरी मनाउने भन्ने बारेमा ब्यापक छलफल भएको छ। उक्त बैठक महासचिब हरि गुरुङ ज्युले संचालन गर्नु भएको थियो भने अध्यक्ष मान गुरुङ ज्युले सभापतित्व गर्नु भयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!