कार्बन उत्सर्जन गर्ने कोइलाको खपत घटाउने विश्वका नेताहरुबीच सहमती

SHARE:

लण्डन कात्तिक २८ ।

विश्वका नेताहरु कार्बन उत्सर्जन गर्ने कोइलाको खपत घटाउन सहमत भएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु जपरिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सम्मेलनमा भारतको अडानका कारण पूर्व लिखित सहमतिमा संशोधन गरी ‘कोइलाको प्रयोग घटाउने’ बनाइएको थियो । यसअघि ‘कोइलाको प्रयोग हटाउने’ उल्लेख थियो । भारतको अडानमा चीनले समेत समर्थन जनाएको थियो ।

सम्मेलनका अध्यक्ष आलोक शर्माले सो सहमतिमा पुग्न अपनाइएका विधिप्रति माफी मागेका छन् । विश्वका करिब १९० मुलुकका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा स्वीटजरल्याण्ड, मेक्सिको लगायतका मुलुकले पहिले तयार पारिएको सहमतिमा गरिएको भाषा परिवर्तनप्रति असन्तुष्टी व्यक्त गरेका छन् भने वातावरणवादीहरुले कोप २६ असफल भएको टिप्पणी गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अमेरिकी दुत जोन केरी, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतले सो सहमतिको समर्थन गर्दै अझै गर्न धेरै बाँकी रहेको बताएका छन् । सो सम्मेलनले विकाशोन्मुख मुलुकहरुलाई आर्थिक सहयोग गर्ने तथा तापक्रम वृद्धिलाई १.५ सिन्टिग्रेडमा काम राख्न गरिएका कार्यहरुको अर्को वर्ष पुनरावलोकन गर्ने सहमति गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!