मगर चलचित्रकर्मी संघको नयाँ कार्य समिति चयन

SHARE:

पोखरा । मगर चलचित्रकर्मी संघको नयाँ समिति चयन भएको छ । समितिको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । समितिको अध्यक्षमा भीम रानामगर चयन भएका छन् भने उपाध्यक्षमा संगीता थापा मगर र विश्वास आले मगर चयन भएका हुन् ।

महासचिवमा सुमन थापा मगर, सचिवमा निर आले मगर र कोषाध्यक्षमा तीलबहादुर थापा मगर चयन भएका छन् । सदस्यमा सर्जन थापा मगर तनहूँ, रौतहटबाट रोशन राना मगर, रुकुमबाट मैत्या घर्तिमगर, सुर्खेतबाट ललितबहादुर बुढा मगर, काठमाडौंबाट देव बहादुर पुन मगर, कास्कीबाट सुमन थापा मगर र काभ्रेबाट देबबहादुर यस्माली मगर चयन भएका छन् । भाषिक फिल्ममा काम गरि रहेका कलाकर्मीको संघले स्तरिय फिल्म निर्माणका लागि कलाकर्मी जोड्ने काम गर्दै आएको छ । तेस्रो अधिवेशन तनहूँको दमौलीमा भएको थियो । अधिवेशनमा उत्कृष्ट मगर फिल्म निर्माणका लागि विविध विषयमा बहस समेत भएको समितिका पूर्व उपाध्यक्ष मेजन पुनले जानकारी दिए ।

प्रमुख अतिथी नेपाल मगर संघ महासचिव ज्ञानेन्द्र पुन मगर, विशेष अतिथि आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष, नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति, मातृभाषी चलचित्र प्रबर्द्धन समिती संयोजक अमृत सुनुवार, नेपाल मगर संघ जिल्ला समिती तनहुँका अध्यक्ष मणिराज थापा, घिरिङ गाउँपालिका, ऋषिङ, बन्दिपुर गाउँपालिका अध्यक्ष लगायतको उपस्थिति थियो । निर्वाचन आयुक्त प्रतिमाया पुन नेतृत्वको टोलीले नयाँ समिती चुनेको थियो । कार्यक्रम मगर चलचित्रकर्मी संघको निवर्तमान अध्यक्ष अध्यक्ष युवराज मास्कि मगरको अध्यक्षताम सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!