बेलायतमा युद्ध साहित्य गोष्ठी दोस्रो दिन

SHARE:

बेलायत – बिश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण र पश्चिम शाखाले संयुक्त रुपमा संचालन गरेको युद्ध साहित्य गोष्टि दोस्रो दिन आज आइतवार १४ नोभेम्बरको दिन पनि नियमित समयमा शुरु भएको थियो । यस युद्ध साहित्य गोष्टीलाई युद्ध साहित्य गोष्टिका परिकल्पनाकार तथा बिश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण शाखाका अध्यक्ष विजय हितानज्युले अध्यक्षता गर्नु भएको थियो भने बिश्व नेपाली साहित्य महासंघका केन्द्रिय समितिका अध्यक्ष सुरेन्द्र लिम्बुज्युले प्रमुख अतिथिमा आतिथ्य गर्नुभएको थियो ।

हिजो र आज संचालन भएको यस युद्ध साहित्य गोष्टिमा झन्डै ६० जना साहित्यिक स्रस्टाहरुले सहभागिता जनाएका थिए भने यस गोष्टिमा बेलायत, ब्रुनाई, सिंगापुर, भारत, नेपाल, इजराइल, रसिया र म्यान्मारका स्रस्टाहरुले सहभागिता जनाएका थिए। गोष्टिमा भिसी शेरबहादुर थापाको बृतचित्र लगायत भरत लोरुङ राइको गीतद्वारा कार्यक्रमको थालनी गरिएको थियो।

युद्ध साहित्य गोष्टिमा भारत निवासी जेष्ठ युद्ध साहित्यकार बिक्रम थापाज्यु र युद्ध साहित्यमा बिध्याबारिधि गर्नुभएका दार्जिलिङ निवासी डा भुपेन तामाङज्युले युद्ध साहित्यको बारेमा बोल्नेहुने कार्यक्रम थियो भने बेलायत, ब्रुनाई, सिंगापुर र भारतका गोर्खा मेजरहरु र साहित्यकारहरुलगायत बिभिन्न साहित्य संघ-संगठनहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण शाखाका उपाध्यक्ष थिर थापाले स्वागत मन्तब्यलगायत १३ जना गोर्खाली भिसीहरुको संक्षिप्त बायोडाटा प्रश्तुत गर्नुभएको छ भने सचिब अमित थेबेले कार्यक्रमलाई संचालन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा युद्ध साहित्य गोष्टिका परिकल्पनाकार तथा बिश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण शाखाका अध्यक्ष विजय हितानज्युले गोष्टीको समिक्षा गर्दै कार्यक्रम समार्पण गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!