पोखरा म्याराथन सहयोगार्थ लन्डनमा जनवरी २९ मा रात्रिभोज कार्यक्रम हुने

SHARE:

लन्डन नोभेम्बर १४ । ‘दौडौ स्वास्थको लागि दौडौ पोखराको लागि’ भन्ने सन्देशसहित हुने ‘१६औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ बेलायतमा परोपकारी रात्रिभोज कार्यक्रम हुने भएको छ ।

पोखरेली मञ्च यूकेको आयोजनामा आगामी वर्ष जनवरी २९ आइतबारका २०२२ का दिन बेजिङस्टकमा रात्रिभोज कार्यक्रम गर्ने निर्णय भएको
हो । रात्रिभोज तयारीका लागि कार्यक्रमस्थल निरीक्षण साथै बेजिङस्टक स्थानीय विभिन्न सामाजिक व्यक्तित्वहरुसँग शनिबार भएको भेटवार्ता अत्यन्तै फलदायी र अर्थपूर्ण रहेको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजक संस्था नेपाल भूपू खेलाडी मञ्च हो । १६ औं पोखरा म्याराथन फागुन पहिलो हप्ता हुँदैछ । भेटवार्तामा निकट भविष्यमा गैरनेपाली समुदाय र युवाहरूको व्यापक सहभागिता रहने गरी नेपाली समुदायमा दौड संस्कृति, नयाँ र भावीपुस्तालाई मातृभूमिसँग जोडीराख्न एवं खेलकुद पर्यटन विकास नेपालको लागि बेजिङस्टकलाई “नेपाली दौड हब” को रूपमा स्थापना गर्ने नवीन सोचमा उपस्थित सबैको धारणा एक मत रहेको पनि उनले बताए ।

“नेपाली दौड हब” लाई पूर्णता दिन निकट भविष्यमा पोखरेली मञ्च यूकेको पहलमा बेजिङ्स्टक नेपाली समाज, नेपाल रन एसोसिएसन यूके, नेपालस्थित पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजक संस्था नेपाल भूपू खेलाडी मञ्च र धरान रन आयोजक संस्थाबीच संयुक्त बैठक बसेर अगाडि बढ्ने महत्त्वपूर्ण सुझावसहित समझदारी बनेको अध्यक्ष गुरुङले बताए ।

छलफलमा बेजिङस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ, बेजिङस्टक तमु समाज यूकेका अध्यक्ष दुर्गा गुरुङ, एनआरएनए यूकेका निवर्तमान अध्यक्ष पुनम गुरुङ, गोर्खा गोसरी बेजिङस्टकका प्रबन्धक बल थापा, हङकङ नेपाली मञ्च यूकेका संस्थापक अध्यक्ष प्रेम गुरुङ, हङकङ नेपाली मञ्च यूकेका निवर्तमान अध्यक्ष भिम महेन्द्र गुरुङ (स्वीन्डन), नेपथ्य ब्याण्डका चर्चित गायक रविन श्रेष्ठ, भोजेन्द्र गुरुङ, मधु गुरुङ, जीवन गुरुङ, सुन गुरुङ, कृष्ण गुरुङ, मुना गुरुङ र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङको उपस्थिति रहेको थियो ।

स्मरण रहोस्, गत सोमबार ८,नोभेम्बर २०२१ का दिन फान्ब्रोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा पोखरेली मञ्च यूकेअन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग समितिका संयोजक मन्जु गुरुङ राईको संयोजकत्वमा समितिको बैठक विभिन्न योजना र नीति पारित गरी सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!