जीआरएनसीले मनायो रेमेम्बरेन्स सन्डे

SHARE:

लन्डन नोभेम्बर १५ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले रेमेम्बरेन्स सन्डे मनाएको छ ।

आइतबार १४ नोभेम्बर २०२१ का दिन आयोजित कार्यक्रममा जीआरएनसीको कार्यसमिति सदस्यहरु, सदस्यहरु, गोर्खा आमा समूह, अन्य नेपालीहरु तथा स्थानीय समुदायको बृहत् उपस्थिति थियो। करिब बिहानको १०:३० मा जम्मा भई १०: ५० मा कार्यक्रम सुरु गरेको थियो ।

कार्यक्रम संयोजन उपाध्यक्ष उत्तरबहादुर गुरुङले गरेका थिए । अध्यक्ष मान गुरुङले कोहीमा इपिताहा- वीरगति प्राप्त व्यक्तिहरुको स्मरणमा नेपाली र अंग्रेजीमा पढेका थिए भने कार्यक्रम संयोजकले दुई मिनेट मौनधारण गराएका थिए । त्यसलगत्तै अध्यक्ष गुरुङले संस्थाको तर्फबाट रीथ- फूलमाला चढाए भने कार्यक्रम संयोजकले रक्षाराज्यमन्त्री सांसद् लियो दोकर्तीको रिथ चदाएका थिए । लगत्तै ऐर बोर्न राइफल तथा प्याराचुट रेजिमेन्टको स्ट्याचुमा पनि अध्यक्ष गुरुङले रिथ चढाए । अनि सबै जनाले दुवै स्ट्याचुमा बसेर फोटो खिचे ।

अन्त्यमा अध्यक्ष गुरुङले उपिस्थित गोर्खा आमा समूह, सफा गर्नेहरु, फोटो खिच्नेहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नेहरु सबैलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!