प्रधानन्यायाधीश जबराको संवादको प्रस्ताव नेपाल बारले गर्यो अस्वीकार

SHARE:

काठमाडौं कात्तिक २९ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको संवादको प्रस्तावलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु जबरासँग वार्तामा नबस्ने बताएका छन् । अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको विश्वास गर्न नसकिने बताउँदै पदबाट राजीनामा दिएर अहिलेको संकट समाधान गर्नु पर्ने बताए ।

नेपाल बार र सर्वोच्च बार दुबैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएका छन् । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार एक वक्तव्य जारी गर्दै संवादमा आउन आग्रह गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!