
लन्डन नोभेम्बर १६ । किरात राई यायोक्खा बेलायत प्रारम्भिक कार्यसमिति ग्रेटर रस्मोरको छैटौँ अधिवेशनले ध्रुवसरी राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
गत १३ नोभेम्बर २०२१ को दिन, मेफिल्ड कम्युनिटी सेन्टर फार्नबोरोको सभाकक्षमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । निर्वाचन समितिका सचिव पदम राई BEM ले घोषणा गरेको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा गजेन्द्रकुमार राई, प्रेम बहादुर राई, खडगबहादुर राई, उपाध्यक्ष नमिता राई, धनबहादुर राई, सचिव खेम राई, सहसचिव खिलेन्द्र राई, सहसचिव निलम राई, कोषाध्यक्ष नवराज राई, सहकोषाध्यक्षहरु डिल्लीराम राई, कला राई छन् ।
यस्तै सदस्यहरुमा लक्ष्मी राई, शारदा राई, मेनुका राई, यक्षकुमार राई, कमल राई, नमिता राई, निरज राई, मीरा राई, पद्मा राई, प्रज्ञा राई, पूर्णमाया राई, कमला राई, फूलसरी राई र नवराज राई रहेका छन् ।
अधिवेशनमा किराया बेलायतका पूर्वअध्यक्षहरु रामधन राई, पदम राई BEM विशेष अतिथिको रुपमा उपस्थित थिए । ध्रुवसरी राईले अध्यक्षता गरेको अधिवेशनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका अध्यक्ष प्रमिला लाबुङ राई, किरात राई तायामा खियामा बेलायतका अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका उपाध्यक्षहरु, क्याप्टेन सुमन चन्द्रराई, मेजर दिलकुमार राई, निलम राई, महासचिव चन्द्रवती राई, सचिव अनिता राई, सहकोषाध्यक्षहरु डा. महा राई र सावित्रा राई अनि केन्द्रीय सदस्य बिनोद राई साथै अगुवा सामाजिक अभियानकर्मी विरेन राईसहित धेरै सरोकारवाला किरात राई दाजुभाइ तथा दिदी बहिनीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
अधिवेशनको उद्घाटन शत्रमा, अतिथिहरुबाट शुभकामना प्रदान गरिएको थियो । शुभकामना दिने क्रममा स्थानीय बासिन्दासमेत रहेका फोनिज बेलायतका अध्यक्ष प्रमिला लाबुङ राई र किरात राई तायामा खियामा बेलायतका अध्यक्ष रोजी राईले विगत तीन वर्षे कार्यकालमा अध्यक्ष ध्रुवसरी राई र उनको कार्यसमितिले कोभिड–१९ महामारीबीच पनि डटेर स्थानीय बासिन्दाहरुलाई सहयोग गरेको, आपतविपतमा साथ दिएको र किराया केन्द्रको विवादमा समेत आफ्नो स्पष्ट अडान लिएकोमा मुक्तकण्ठले प्रशंसा गरे । यसैगरी किराया बेलायत केन्द्रीय कार्यसमितिको तर्फबाट शुभकामना दिने क्रममा क्याप्टेन सुमनचन्द्र राईले, किरात राई यायोक्खा बेलायत त्यसै स्थानमा स्थापना भएको इतिहासलाई स्मरण गराउँदै, त्यसको विरासत धान्ने पूर्णक्षमतासहितको मजबुत प्रारम्भिक कार्यसमिति आफूले ग्रेटर रस्मोरलाई नै पाएकोर अध्यक्ष ध्रुवसरी राई र उनको कार्यसमितिलाई त्यो जस जाने स्पष्ट पारे । यसै क्रममा, ग्रेटर रस्मोरका प्रारम्भिक कार्यसमितिका पूर्वअध्यक्ष कीर्तबहादुर राईले केन्द्रमा उत्पन्न विवादले आफूहरुलाई सामाजिक कार्यप्रति बेलगाव छाउनुका साथै असहज परिस्थिति सिर्जना भएकोले मिलेर अघि बढ्न अनुरोध गरे ।
प्रमुख अतिथि किराया बेलायत केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले शुभकामना दिने क्रममा, तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको कार्यसमितिलाई कृतज्ञता ब्यक्त गर्दै अझै किरात राई जातिको हितमा लागिरहने उर्जा र उत्साह सबैलाई मिलोस् भन्दै शुभेच्छा प्रकट गरे । केन्द्रको खटपटले सबैलाई परिरहेको असहजताप्रति दुःख ब्यक्त गर्दै अब धेरै नलम्बिने स्पष्ट पारे । उनले अहिले भइरहेको खटपट किरात राई जाति तथा समुदायलाई कसले धेरै माया गर्छ ? प्रत्येक भाषिक समुदायको आत्मासम्मानलाई सम्मानसहित जीवित राख्दै किरात राई जातिको विशिष्टतालाई कसले बचाउँछ ? भन्नेमा केन्द्रित भएको र यसले भोलिको सुनौलो समाजको परिकल्पना गरेको छ । तर केहीले यसलाई निजी स्वार्थसिद्ध नहुने रुपमा अर्थ्याएपछि अहिलेको टकराव उत्पन्न गराएका हुन् । विवेकशील किरात राईहरुले कुरा बुझिसक्नु भएकोले
उहाँहरुको भविष्य त्यत्ति लामो नभएको उपस्थित सबैलाई आश्वस्त पारे । साथै केन्द्र विघटनबाट र क्षयबाट बचाउने एउटा दर्विलो खम्बाको रुपमा, ग्रेटर रस्मोर प्रारम्भिक कार्यसमिति आफ्नो स्पष्ट अडानसहित उभिएकोमा आभार ब्यक्त गरे ।
अधिवेशन उद्घाटन सत्रको समापन गर्दै बोल्ने क्रममा अध्यक्ष ध्रुवसरी राईले विगत तीन वर्षे कार्यकालमा आफ्नो नेतृत्वको कार्यसमितिमा रहेर
क्रियाशील भई कार्यकाल सफल बनाउन लागि पर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिन् । किरात राई यायोक्खा स्थापना गर्ने स्थानमात्र नभई बौद्धिक संस्थापक नेतृत्वहरु समेत यसै स्थानमा रहने भएकोले त्यो विरासत धान्न कोसिसमात्र गरेका हौं, हाम्रो प्रशंसा अलि बढी पो गर्नु भयो कि भनेर
आश्चर्य ब्यक्त गरेकी थिइन् । तथापि बेलायवासी किरात राई जातिलाई एकताबद्ध गर्दै ठूलाठूला सामूहिक योजनाहरु सफल बनाउने सुत्रधार, योजनाकारहरु बस्ने यस स्थानलाई नयाँ कार्यसमितिले अझ विशेष बनाउन कोसिस जारी राख्ने विचार पनि ब्यक्त गरिन् । अध्यक्ष ध्रुबसरी राईले केन्द्रको
वर्तमान अवस्थामा, किरात राई जातिको विशिष्टतालाई गर्व गर्ने, सामाजिक न्यायसहित सत्यको पक्षमा उभिने किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिलाई हाम्रो साथ र पूर्ण समर्थन रहेको अडान पुनः दोहोर्याइन् ।
अधिवेशनको बन्द सत्रमा, किराया बेलायत प्रारम्भिक कार्यसमिति ग्रेटर रस्मोरका सचिव हरि राईले सांगठानिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नवराज राईले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनहरु अधिवेशनले छलफलसहित पारित गरेको थियो । किरात राई यायोक्खा बेलायतका पूर्वअध्यक्ष तथा प्रकाश ग्रेटर रस्मोरका सल्लाहकार रामधन राईको अध्यक्षता, किराया बेलायतका पूर्वअध्यक्ष तथा प्रकाश ग्रेटर रस्मोरका सल्लाहकार पदम राई BEM सचिव साथै पूर्खा थामबहादुर राई सदस्य रहेका तीन सदस्यीय निर्वाचन समितिले विधिवत् रुपमा नयाँ कार्यसमिति निर्वाचित गर्ने चरणबद्ध प्रक्रियाको थालनी गरेको थियो ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष रामधन राईले शपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष ध्रुवसरी राईले आफ्नो प्रतिबद्धता मन्तब्यको राख्ने क्रममा, दोस्रो कार्यकालको लागि आफूलाई विश्वास गरेर निर्वाचित गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो प्रारम्भिक
कार्यसमितिलाई उदाहरणीय बनाउँदै केन्द्रको समस्या सुल्झाउनेमा समेत आफूहरुको प्रयास जारी
रहने प्रतिबद्धता व्यक्त गरिन् ।






