एनआरएनए यूकेको प्रेस तथा पब्लिकेशन विभागका लागि नयाँ मिडिया समिति गठन

SHARE:

प्रवक्ता: भरतमणी चोङबाङ

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको चालु कार्यकाल २०२१–२३ का लागि प्रेस तथा पब्लिकेशन विभाग (मिडिया समिति) बनेको छ । विधानतः संघका प्रवक्ता भरतमणी चोङबाङ प्रमुख संयोजक रहेको नयाँ समितिको प्रमुख सल्लाहकारमा बरिष्ठ पत्रकार भगीरथ योगीलाई चयन गरिएको छ । समितिमा प्रवक्ता चोङबाङ लगायत अन्य तीन जना सदस्यहरु चयन गरिएको छ । जसमा लण्डन नेपाल न्युज डट कमका सम्पादक शिव भण्डारी संयोजक, सिलौटी टाइम्स डट कमका सम्पादक अमित थेबे सदस्य सचिव र सिलिचुङ डट कमका सम्पादक किरण राई सदस्य रहेका छन् । यसैवीच, एनआरएनए यूके हाल आफ्नो नियमित मुखपत्र ‘एनआरएन भ्वाइस’ को नयाँ अंक प्रकाशन गर्ने अन्तिम तयारीमा जुटेको छ । नयाँ अंकको संयोजन प्रवक्ता भरतमणी चोङबाङ आफैंले र सम्पादन खुशी लिम्बुले  गरिरहेका छन् ।
मितिः 17 अक्टोबर 2021

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!