लण्डन मंसिर १ ।

बेलायतमा जारी गरिएका भिसा क्रेडिट कार्डमार्फत गरिने नगद कारोवारलाई एमेजनले मान्यता नदिने भएको छ ।
सन् २०२२ जनवरी १९ देखि भिसा क्रेडिट कार्डमार्फत बेलायतमा गरिने कारोवार बन्द गरिने कम्पनीले जनाएको छ । भिसा क्रेडिट कार्डबाट गरिने ट्रान्जेक्सनमा अत्यधिक शुल्क बढाएका कारण कम्पनीले यस्तो निर्णय गरेको हो । यद्धपी भिसा डेबिट कार्डको कारोबारमा भने कुनै फरक नपर्ने कम्पनीले जनाएको छ ।
ट्रान्जेक्सन शुल्कमा वृद्धि गरिएका कारण ग्राहकलाई उचित मूल्यमा समान उपलब्ध गराउन कठिनाइ हुने एमेजनको धारणा छ । एमेजनले बेलयतवासीलाई इमेल पठाउँदै भनेको छ, ‘अत्यधिक शुल्क बढाएका कारण जनवरी १९ बाट यूकेबाट जारी गरिएका भिसा क्रेडिट कार्डमार्फत हुने भुक्तानी बन्द गरिएन भएको छ, तर भिसा डेबिटको प्रयोग भने निरन्तर रहने छ ।
माष्टर कार्ड, एमेक्स कार्ड तथा युरोकार्डको कारोबार भने यथावत रहने कम्पनीले बताएको छ । आफूले भुक्तानी गर्ने कार्डलाई अपडेट गर्न एमेजनले ग्राहकहरुलाई आग्रह गरेको छ ।






