भूपू सैनिकको पेन्सनबारे बेलायती संसदमा बहस हुने

SHARE:

लण्डन मंसिर ३ ।

गोरखा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन दिन माग गर्दै बेलायती संसदमा सर्वसाधारणले बुझाएको हस्ताक्षरमाथि बहस हुने भएको छ ।

सोमबार साँझ ६ बजे हुने सो बहसमा हस्ताक्षर समितिका सदस्य सांसद जोनाथन जुलिसले बहसको आरम्भ गर्नेछन् र त्यसपछि सबै पार्टीका सांसदहरुले बहसमा आफ्ना धारणा राख्नेछन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले दिनु पर्नेछ ।

सो बहस प्रत्यक्ष रुपमा हेर्न भने सो हस्ताक्षर अभियानका शुरुवातकर्ता रोय बिङ्कलेले मात्र पाउनेछन् तर घरमै बसेर पार्लियामेण्ट टिभीबाट लाइभ पनि हेर्न सकिने छ । गत जुलाईमा बिङ्कलेले गोरखाहरुलाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए । छोटो समयमै सो अभियानमा १ लाख ६ हजारले समर्थन जनाएका थिए ।

बेलायतमा निश्चित संख्यामा सर्वसाधारणले हस्ताक्षर संकलन गरेपछि संसद र सरकारले जवाफ दिनपर्ने प्रावधान रहेको छ । सरकारले सो हस्ताक्षर अभियानको प्रतिक्रिया दिँदै अगष्ट १९ मा गोरखाहरुलाई भेदभाव नगरिएको जिकिर गरेको थियो ।

उता गोरखाहरुले बेलायती संसदमा बहस भइरहँदा संसद भवन बाहिर प्रदर्शन गर्ने भएका छन् । पार्लियामेण्ट स्क्वाएरमा सो दिन बेलुका ५ बजे उपस्थितिका लागि गोरखा सत्याग्रहले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!