
लन्डन- १३ जना गोर्खा भी.सी. को सम्झनामा जूम भर्चुवल माध्यमद्वारा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । १३ र १४ नोभेम्वर २०२१ का दिन आयोजित यस दुइ दिवसीय कार्यक्रममा आठ राष्ट्रका छ दर्जन भन्दा बढि साहित्य अनुरागिहरुको सहभागिता रहेको थियो । प्रथम दिनको कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि पुर्व राजदुत महामहिम लोकबहादुर क्षेत्रि हुनुहुन्थ्यो । वाँहा स्वयम भी.सी. शेरबहादुर थापा क्षेत्रीका नाति हुनुहुन्छ । मन्तव्यको क्रममा वाँहाले गोर्खा सम्बन्धि युद्ध साहित्यलाई साँगठानीक तरिकाले अघि बढाएर हाम्रा स्कुल तथा विश्वविध्यालयमा पढाइनु पर्छ भन्नु भयो । कार्यक्रममा भेष
थापाद्वारा निर्मित भी.सी. शेरबहादुर थापा क्षेत्रीको समाधिस्थल स्यानमारिनोको बृतचित्रपनि प्रदर्शन गरिएको थियो ।
प्रथम दिनमा सहभागि युद्ध साहित्य अनुरागिहरु
दोस्रो दिनको कार्यक्रममा विश्व नेपाली साहित्य महासँघका केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी प्रमुख अतिथि रहनु भएको थियो । बिशेषत यो गोष्ठी सेवारत गोर्खा सैनिकलाई लक्ष्क्षित थियो । यस सन्दर्भमा सुरेन्द्र जि पनि स्वयम सेवारत भारतिय सैनिक हुनुहुन्छ । विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाइ स्रदान्जली अर्पण गर्दै युद्ध सृजनाहरु कविता/गित/गजल/मुक्तक वाचन गरेर कार्यक्रम सम्पन्न भएकोमा आफू अतिनै प्रभावितभएको बताउदै, यो एक ऐतिहासिक कार्य भएको वाँहाले वताउनु भयो । युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, भारतिय गोर्खा पल्टन, गोर्खा रिजर्भ युनिट ब्रुनाई, सिङ्गापुर पुलिसमा सेवारत गोर्खाली, नेपाल प्रहरी, नेपाली सैनिकमा सेवारत सैनिक साथै अन्य नेपालि साहित्य सघहरुमा आवद्द स्रजकहरुको उत्साहजनक अनि उल्लेखनिय सहभागिता थियो । सिर्जना बाचनका साथसाथै युद्ध साहित्य उपर विमर्श पनि गरिएको थियो ।
प्रमुख वक्ताको रुपमा साहित्य अकादमि पुरस्कार विजेता बिक्रमबिर थापा हुनुहुन्थ्यो भने युद्ध उपन्यासमा विध्यावारिधि गरेका डा भुपेन घिसिङले पनि यस विषयमा आफ्ना महत्वपुर्ण विचार राख्नु भएको थियो । त्यसैगरि असम राईफलमा सेवारत सैनिक कवि विशाल के.सी. ले पनि आफ्नो विषेश मन्तव्य राख्दै सृजना वाचन गर्नुभएको थियो । वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसलाइ पारेर आयोजना गरिएको यस कार्यक्रमको प्रमुख संयोजक विजय हितान हुनुहुन्थ्यो । गोर्खालीको गौरवशाली इतिहासलाई साहित्यको मार्फत आम पाठकमाझ ल्याउन सेवारत सैनिकले नै कलम चलाउनु पर्छ र यसको लागि पल्टनले नै प्रोत्सान गरिनु पर्छ भन्ने प्रमुख संयोजकको मन्तव्य थियो ।
सन २०२१ देखि पहिलोचोटि ‘गोर्खा हिस्ट्रि मन्थ’ को अवधारणा अघि सारिएको वाँहाले वताउदै गोर्खालीका युद्ध इतिहासलाई नेपाली साहित्यका तप्का तप्कामा सबैले बिचार बिमर्श गरिन पर्छ र यी बिषयस्तुलाई साहित्यमा ढालेर जनमानसमा पस्किन सक्नु पर्छ भन्नेवाँहाको भनाई रहेको थियो । विश्व नेपाली साहित्य महासंघ-पश्चिम युके शाखा, र विश्व नेपाली साहित्य महासंघ-दक्षिण युके शाखाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । पहिलो दिनको कार्यक्रमको सभापतित्व वि.ने.सा.म. पस्चिम साखाका अध्यक्ष लालशुन्दर राई ले गर्नुभएको थियो । उपाध्यक्ष भरत लोहरुङ राईले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संचालन सचिव शान्ती लिम्बूले गर्नु भएको थियो । कार्यक्रमको उद्घघाटन सुरेन्द्र इङनामद्वारा रचित ‘लाहुरेको कथा’ गितको भिडियो प्रदर्शन गरेर गरिएको थियो ।
दोस्रो दिनमा सहभागि युद्ध साहित्य अनुरागिहरु
दोस्रो दिनको कार्यक्रमको अध्यक्षता वि. ने. सा. म. दक्षिण युके साखाका अध्यक्ष विजय हितानले गर्नु भएको थियो । उपाध्यक्ष थिर थापाले स्वागत मन्तव्य दिनु भयो भने कार्यक्रम संचालन सचिव अमित थेवेले गर्नु भएको थियो । भरत लोहरुङ राईद्वारा रचित ‘बिहानीको झुल्के घाम’ गितको भिडियो प्रदर्शन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।






