एनआरएनए यूके नयाँ कार्य समितिले १०० दिन पुरा गरेको समारोह भव्य रुपमा सम्पन्न

SHARE:

भरतमणि चोङबाङ, प्रवक्ता: गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) नयाँ कार्य समितिले १०० दिन पुरा गरेको अवसरमा च्यारिटी कार्यक्रम, स्मारिका विमोचन तथा सल्लाहकारहरुलाई सम्मान गरेको छ। अल्डरशटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले कुनै पनि संस्थामा निस्पक्षता हुनु पर्ने बताए। उनले विधान भन्दा माथि कोहि पनि नरहेको भन्दै सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिए। उनले कुनै पनि व्यक्ति उक्त संस्थाको नियम र पद्धति भन्दा माथि नहुने भन्दै त्यो कुरा सबैले बुझ्नु पर्ने बताए। उनले एनआरएनए एउटा संजाल हो भन्दै १०० दिनमा एनआरएनए यूकेले गरेका कामहरु अरु एनसीसीहरुका लागि पनि उदाहरणको रुपमा रहने धारणा व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्यले संघमा विभिन्न बहानाबाजी बनाएर अक्टोबरमा गर्नु पर्ने अधिवेशन र चुनाव सार्ने काम गरिएको जनाए। “हामी भोलि नै चुनाव गरे पनि तयार छौं, तर कसैलाई जिताउन वा हराउनका लागि गरिएको बहानाबाजीबाट हामी सचेत हुनु पर्छ।“

सन् २०२१-२३ का लागि केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले गैर आवासीय नेपाली नगरिकता, सम्पत्तिको सुरक्षा, सुरक्षित वैदेशिक रोजगार जस्ता सवालहरुमा नेपाल सरकारसंग मिलेर काम गर्नु पर्ने बताउदै सरकारसंग निहुँ खोज्ने काम गर्न नहुने पनि जनाए। आफुले बेलायतबाटै एनआरएनएको सिपाहीको रुपमा यात्रा शुरु गरेको जनाउदै गएको १८ वर्ष देखि थाती रहेका मुद्दा कार्यान्वयन गर्न आफुले उम्मेदवारी दिएको भन्दै सबैलाई सहयोगका लागि आग्रह गरे।

एनआरएनए युकेका प्रमुख संरक्षक शेर सुनारले गैर आवासीय नेपाली संघ र गोर्खाजबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गर्न नेपाल तथा ब्रिटिश दुवै सरकारसम्म आवाज पुराएको जनाए। उनले नेपाली नागरिकताको निरन्तरता र सम्पत्तिको अधिकारका लागि एनआरएनए युकेले नेपाल सरकारसंग पहल गरिरहेको पनि जनाए। सो अवसरमा प्रमुख अतिथि घले, संस्थाका पदाधिकारीहरु तथा प्रमुख सल्लाहकारहरुले संयुक्त रुपमा ‘एनआरएन भ्वाइस’ स्मारिकाको विमोचन गरेका थिए। उक्त स्मारिकाबारे एनआरएनए युकेका प्रवक्ता भरतमणि चोङ्गबाङ्गले एक प्रस्तुति दिएका थिए। एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले सबै नवनियुक्त सल्लाहकारहरुलाई ब्रिटिश राज परिवारले जस्तै संस्थालाई सुझाव सल्लाह दिन र संस्थाको गरिमा बढाउन सहयोग गर्न आग्रह गरे। कार्यसमिति सदस्य आवेश राईले ‘ओपन एनआरएनए’ बारे एक प्रस्तुति दिंदै एनआरएनए सम्बन्धि छोटो हाजिरी जवाफ प्रतियोगिता पनि संचालन गरेका थिए।

सोही अवसरमा प्रमुख संरक्षक शेर सुनार तथा सदस्यहरु पूर्व अध्यक्षद्वय कुल आचार्य एवं मुछेत्र गुरुङ रहेको संरक्षक परिषद गठन गरिएको घोषणा गरियो। यसै गरी संस्थाका मनोनित (को-अप) सदस्यहरु प्रवक्ता भरतमणि चोङ्गबाङ्ग, आवेश राइ, हितकाजी गुरुङ, ज्ञान्जु शेर्पा तथा क्षमता ढकाललाई सम्मानित गरिएको थियो। एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेलले प्रमुख अतिथि डा. शेष घले, विशेष अतिथि श्रीमती जमुना घले लगायत सबै पाहुनाहरुलाई स्वागत गरेका थिए।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भएको कार्यक्रममा यति एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, नवनियुक्त सल्लाहकार तथा वाटर एड युकेसंग आवद्ध जन स्वास्थ्यविद् डा. ओम गौतम लगायतका वक्ताले शुभकामना दिएका थिए। सो अवसरमा प्रमुख अतिथि घलेले एनआरएनए युकेका नवनियुक्त प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। महासचिव खुसी लिम्बुले संचालन गरेको कार्यक्रमको संयोजन उपाध्यक्ष गोविन्द खरेलले गरेका थिए।

कार्यक्रममा भर्खरै खुलेको एउटा रेमिट्यान्स कम्पनी, ट्याप ट्याप सेन्ड, मार्फत उठेको रकम नेपालको लोकप्रिय कार्यक्रम इन्द्रेणी, मानव सेवा आश्रम लगायतका संस्थाहरुलाई पठाइने अध्यक्ष गाहा मगरले जनाएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!