लण्डन मंसिर ९ ।

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड पुगेको छ ।
बुधबार एकै दिन ४३ हजार ६७६ जना संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
त्यहाँ बुधबार ४३ हजार ६७६ जना थप व्यक्ति संक्रमित भएका समाचारमा उल्लेख छ । बेलायतमा एक लाख ४४ हजार २८६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । बेलायतमा बुधबार मात्र १४९ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार २८६ जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १२ वर्षमाथिका झन्डै ८८ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । २७ प्रतिशत भन्दा बढीले तेस्रो डोज खोप पनि लगाएको समाचारमा जनाइएको छ ।
पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् ।






