दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखियो

SHARE:

एजेन्सी मंसिर १० ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ ।

उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको बेलायतका विज्ञहरुले दाबी गरेका छन् । यो भेरियन्टलाई ुबी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरुले कोभिडविरुद्ध बनेका खोप नयाँ देखिएको भेरियन्टमा प्रभावकारी नहुन पनि सक्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन्।

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि देखिएका भेरियन्टमध्ये यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् । उनले यो भेरियन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन केवल स्पाइक प्रोटिनमा मात्रै भएको बताएका छन् ।

सबै उत्परिवर्तन भाइरसका लागि राम्रो हुँदैनन् तर, यदि स्पाइक प्रोटिन परिवर्तित भयो भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । जसले संक्रमण गराउन र फैलाउन पनि सक्छ । हालसम्म कोभिड यो भेरियन्ट बोत्सवाना, दक्षिण अफ्रिका र हङकङमा गरी ५९ जनामा देखिएको छ । भेरियन्ट फैलिरहँदा बेलायतले दक्षिण अफ्रिकी ६ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने भएको छ । बेलायतले नयाँ भेरियन्ट नभित्रियोस् भनेर ६ वटा अफ्रिकन देशहरुको आवगमनमा प्रतिबन्ध लगाएको हो ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले प्रेस ब्रिफिङ गर्दै यो भेरियन्ट सोचिएभन्दा पनि छिटो फैलिरहेको जनाएको छ । तर डेल्टा भेरियन्ट जस्तो संक्रामक हुने हो वा होइन भनेर अहिले नै अड्कल लगाउन भने नसकिने दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे बुझ्न दक्षिण अफ्रिकी अधिकारीहरूसँग शुक्रबार बैठक बस्दैछन् । यदि यो भेरियन्ट अफ इन्ट्रेस्ट वा भेरियन्ट अफ कन्सर्नको रुपमा पुष्टि भयो भने यसलाई ग्रिक नाम दिइने बताइएको छ । संगठनले यो भेरियन्टको प्रभाव बुझ्नका लागि अझै केही हप्ता लाग्ने बताएको छ ।

दैनिक २०० जस्तो कोभिडको संक्रमण देखिरहेकोमा दक्षिण अफ्रिकामा बिहीबार मात्र २ हजार ४६५ जनामा संक्रमण पुष्टि भएको थियो । दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!