खुशी लिम्बु ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

SHARE:

लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ लिडरशिप अवार्डको विजेता बनेका छन् । ग्लोबल युथ पार्लियामेण्ट संस्थाद्वारा वार्षिक रुपमा वितरण गरिने उक्त पुरस्कार युवाहरुको नेतृत्व, सशक्तिकरण र उनीहरुको ऊर्जालाई रूपान्तरण गर्नेहरुलाई दिइने गरिन्छ । बिजेता खुसी लिम्बु सन् २००४ देखि सामाजिक कार्यमा लाग्नुका साथै विभिन्न संघसंस्था तथा अभियानहरुमा आबद्ध छन् । विशेष गरी, उनले ब्रिटिश नेशनालिटी (हङकङ) ऐन को कार्यान्वयनको लागि सन् २००४ देखि २००८ मा हङकङका १० हजार भन्दा बढी ब्रिटिश नेशनाल ओभरसज (बीएनओ) अनागरिकहरूलाई पूर्ण बेलायती नागरिकको रुपमा दर्ता गर्नको लागि अभियानको नेतृत्व गरेका थिए । स्मरण रहोस् बेलायतले सन् १९९७ मा आफ्नो उपनिवेश हङकङ छोडेपछि त्यहाँस्थित अल्पसंख्यक नेपालीहरु राज्यविहीन भएका थिए।

“पुरस्कारको लागि म धेरै म कृतज्ञ र विनम्र छु । यस पुरस्कार मैले बितेका बर्षहरुमा समाजसेवा, च्यारिटी र पत्रकारिता मार्फत आफ्नो समुदायमा पुर्याएको सकारात्मक योगदानको पहिचान हो। म यो सम्मान सबै व्यक्ति र संस्थाहरूसँग बाँड्न चाहन्छु जोसंग म कुनै न कुनै रुपमा जोडिएको छु” लिम्बुले भने। नेपाल मामिलाका डट कमका प्रधान सम्पादक समेत रहेका खुशी लिम्बुले विगत १५ बर्षदेखि नेफिन युके, फोनिज युके, पाँचथर समाज युके, हङकङ नेपाली मञ्च युके, र रोयल बरो ग्रीनविच नेपाली समाज जस्ता संस्थाहरूमा विभिन्न हैसियतमा रहेर सेवा गरेका छन्। दिलमाया मेमोरियल फाउन्डेसनका संस्थापक तथा अध्यक्ष लिम्बु सोही फाउण्डेशन मार्फत नेपालमा बिभिन्न परोपकारी कार्यहरू पनि गर्दै आएका छन् ।

हालका वर्षहरूमा उनका सबैभन्दा प्रशंसित कामहरूमा ‘सिरिसे प्रोजेक्ट’ लाई लिइन्छ। नेपालको एक दुर्गम गाउँमा सामुदायिक विद्यालय पुनर्निर्माणका लागि रु ३५ लाख रुपैयाँ संकलन गरे । बिद्यालय पुनर्निर्माण पश्चात प्राप्त भौतिक पूर्वाधारपछि उक्त बिद्यालय २०२० माध्यमिक बिद्यालयमा स्तरोन्नति भएको थियो । त्यस्तै, सन् २०१८ मा लिम्बुले थर्पु सोसायटी यूकेको लागि २० लाख रुपैयाँ जम्मा गरी पाँचथर जिल्लाको थर्पू गाउँमा कलेज पुस्तकालय भवन निर्माण गराएका थिए । सन् २०१० मा स्थापित ग्लोबल युथ पार्लियामेण्टले मानवीय सेवाका लागि रचनात्मक कार्यमा लागेका विश्वभरका युवाहरुलाई प्रोत्साहित गर्दै आएको छ ।

गत नोभेम्बर १९ मा काठमाण्डौंस्थित राष्ट्रिय सभा गृहमा भएको पुरस्कार वितरण समारोहमा बिभिन्न देशहरुबाट आएका ३० भन्दा बढी युवाहरुले आआफ्नै विधामा पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । पुरस्कार उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ बाट प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!