व्यवसायी लामिछानेसँगको भेटमा बेलायतका प्रधानमन्त्रीले भने- नेपाल भ्रमण गर्न इच्छुक छु

SHARE:

लन्डन नोभेम्बर २७ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नेपाल भ्रमण गर्न इच्छुक देखिएका छन् । बेलायतवासी नेपाली व्यवसायी रवीजंग लामिछानेसितको भेटमा प्रधानमन्त्री जोन्सनले नेपाल भ्रमणको चाख राखेका हुन् । लामिछानेले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसहित गृहमन्त्री प्रिती सुशील पटेलसँग भेट गरेका थिए । उनले प्रधानमन्त्री जोन्सनसँग ‘गोरखालीहरुले यो देश र जनताका लागि लामो समयसम्म सेवा गरेका छन् । तपाईंले ती गोर्खालीहरुको भूमिमा टेक्नुपर्दछ’ भनेको बताए ।

जवाफमा प्रधानमन्त्रीले आफू नेपाल भ्रमणका लागि निकै उत्सुक रहेको र उपयुक्त समयमा भ्रमण गर्ने बताएका थिए । ‘यसबाहेक धेरै कुरा नगरौं छिट्टै नै केही हुँदै छ’, लामिछानेले भने । विगत दुई दशक भन्दा लामो समय बेलायतमा बसोबास गरेर ब्यवसायमा संलग्न लामिछाने बेलायत-नेपाल ब्यापार तथा लगानी मन्चका उपाध्यक्षसमेत हुन् ।

लामिछानेले गत महिना कोप २६ मा भाग लिन लन्डन आएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बेलायती सांसदहरुसँग भेटघाट र छलफल गराउन संयोजनकारी भूमिका खेलेका थिए । लामिछनेले आफूले दुई देशको विचमा पुलको काम गर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!