मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेद्वारा अपाङ, असहाय र बिमारीलाई आर्थिक सहयोग

SHARE:

लन्डन नोभेम्बर २७ । मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेले अपाङ, असहाय र प्यारालाइसिसका बिमारीलाई करिब १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

नेपाली पर्व तिहारको अवसरमा देउसीभैलोबाट संकलन भएको दक्षिणाबाट नेपालको सुदूरपुर्व पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका (साबिक इम्बुङ्ग) मा रहेका चार जना अपांग असहायहरु प्रदीप लिम्बु, पुजन चेम्जोङ, सुन्दर तामाङ र प्यारालाइसिस सुसुला तुम्रोक नेम्वाङलाई आर्थिक सहयोग गरिएको हो ।

सहयोग रकम भाइरल समूह चियावली सृस्टि तामाङ, मनोक्रान्ति विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्वाङ, समाजसेवी सबिता तुम्बापो नेम्वाङले पीडितलाई हस्तान्तरण गरेका थिए । मनोक्रान्ति समूह यूके र नेम्बाङ समाज यूकेबाहेक टेक्सास अमेरिकाबाट गायक, नायक तथा चलचित्र निर्माता समाजसेवी नरेन्द्र सेन्दाङ र ललितपुर निवासी सफल व्यवसायी उपेन्द्र नेम्बाङले पनि आर्थिक सहयोग गरेका थिए ।

भाइरल समूहको पूर्व भ्रमणको अवसरमा सहयोग रकम वितरण गरिएको थियो ।

यसैगरी पाँचथर फाल्गुनन्द गाउँपालिका २ इम्बुङ्गमा हरेक वर्ष लाग्दै आएको कात्तिक पूर्णे मेलामा खेलाइने फुटबल प्रतियोगितामा अमेरिकाबाट नरेन्द्र सेन्दाङ र बेलायतबाट नगेन्द्र नेम्वाङले १०/१० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । उक्त सहयोग रकम समाजसेवी सबिता नेम्बाङ तुम्बापो र चियावली सृस्टी तामाङले आयोजक टु स्टार ग्रामीण क्लबका अध्यक्ष सागर नेम्वाङलाई खेल समारोहमा हस्तान्तरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!