
जयराम तामाङ,
काठमाण्डु – देशमा एमालेमयको तडकभडकहरु देख्दा सॅाचै राष्ट्रभक्त राजनैतिक दल होकी जस्तो भान भर्खर सम्पन्न एमाले महाधिवेसनले देखाएकोछ। अधिवेसनको दिन पार्टी कार्यलयको वरिपरि भेला भएको मानिसहरुको भीडले सडक पुरै जाम भएको थियो। ती माानिसहरु किन र के का लागी त्यसरी मरिहत्ते गरेका हुन भन्ने कुरा कर्म गरेर घर फर्कने मानिसहरुको लागी अनभिज्ञ थियो । दिन भरिको कामको थकान अनि भोकले रन्थनिएको बेला सवारी साधन जाम गरेर नेता भनाउॅदाहरुको चम्चा गीरी गर्दै सर्बसाधारण माथि त्यस्तो हर्कत गर्नेहरुलाई कसैले पनि केहि बोल्ने अनि बुझ्ने हिम्मत राख्ने शक्ती थिएन। किनभने ती मानिसहरु त्यही नेता भनाउॅदाहरुको आडमा बसेर गर्दै थिए। ती त भए एमालेमयको तडकभडकहरु अनि दृष्यहरु। अझै त्यस्तै तामझामहरु अरु त सत्ताधारी दलहरुको काङ्ग्रेसमयकरण, माओबादीमयकरण, माकुनेमयकरण, जसपामयकरण देखि धेरै करणहरु पनि नजिकिदैछन् । एउटा बिडम्बना ! नेताहरु धेरै बदलिए,उनिहरु चप्पल देखि महल र रेन्जरोभर सम्म बदलिए, तर सडक कहिल्यै बदलिएन, बिष्णुमति , बागमति, जस्तै थुप्रै नदिहरुको मा थुप्रीएको फोहोरको महलहरु यथास्थानमै बिराजमान छ । सडकको मान्छे हिड्ने पेटीहरुमा बिजुलीको नाङ्गो तारहरु नृत्य प्रदर्शन गर्दै गरिरहेका छन् ।
सडकको वरीपरी रहेका बोटबिरुवाहरु अक्सीजन फाल्न नपाएर कार्बनडाई अक्साईडमा लुटुपुटु खेलिरहेका छन् । सडकमा फोहोरको भकारीहरुले अड्डा जमाई सकेकाछन् । तर ती जनसागरलाई देश बिकासको बाटोमा डोर्याउनुको साटो ती नेता भनाउॅदाहरुको चम्चा बोक्न बाध्य बनाएकोछ। पन्ध बर्ष पछि मात्रीभूमीको मुहार फेरेको हेर्ने मेरो ईच्छाहरुले फेल खाएको छ। मेरो जन्म दिने आमाको स्वास्थ्य धेरै खराब भएकोले म हत्तार हत्तार केहि समयको लागी भए पनि स्वदेश आउॅदा मात्रीभूमी र मेरी आमाको स्वास्थ्य अवस्था देख्दा मेरो मन रेएकोछ। कुनै दिन मात्रीभूमीको स्वास्थ्य सपार्ने नेता आउन सक्ला तर मेरो आमाको अक्सीजनको कमिले खराब भएको दमको रोग निको पार्ने कोही आउने वाला देखेको छैन। मेरी आमाको अक्सीजन लाई हरण गरी कार्बनडाई अक्साईडको कान्तिपूर को शहर बनाउने नेताहरुलाई कहिले पनि स्वर्गमा बास पाउने छैनन।गगन चुम्बी भवनहरु निर्माण भएको छ तर सडकहरू एकदुई ठाउॅ बाहेक सबै ठाउॅमा झन खराब भएकोछ । प्रदुषणले सास फेर्न सारै मुश्किल बनाएकोछ । भर्खर सम्पन्न स्कटल्याण्डमा भएको जलवायु सम्बन्धी बिश्व सम्मेलनमा प्रधान मन्त्री शेर बहादुर ले काम नगरे पनि केहि सुनेर आयो होला भन्ने आशा भने अझै लागेकोछ।






