राप्रपा अध्यक्षमा उम्मेदवारी दिने कमल थापाको घोषणा

SHARE:

काठमाडौं मंसिर १३ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । देशको ठूलो शक्ति बनाउने र भविष्यमा राप्रपालाई विभाजन हुन नदिने संकल्पसहित आफूले उम्मेदवारी दिन लागेको थापाले बताए ।

उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!