
लन्डन नोभेम्बर २९ । बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आइतबार लन्डनमा भएको संस्थाको पहिलो अधिवेशनबाट फाउन्डेसनका संस्थापक एवम् पहिलो कार्यसमितिका अध्यक्ष श्रेष्ठले नै आगामी तीन वर्षको लागि नेतृत्व पाएका हुन् । वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षमा जीवन सेन, अर्जुन कटुवाल र प्रसुना कंडेल निर्वाचित भएका छन् ।
महासचिवमा लक्ष्मी राई लारा, सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्षमा तेजेन्द्र रोकामगर र सहकोषाध्यक्षमा निरञ्जन खड्का चयन भएका छन् ।
त्यसैगरी, प्रवक्तामा लछुमन गुरुङ, इभेन्ट संयोजकमा ह्यारी गुरुङ र सहसंयोजकमा पन्डित निलहरि घिमिरे, महिला संयोजकमा वन्दना केसी र सहसंयोजमा मेनका खांड, युवा संयोजकमा किशोर राना, खेलकुद संयोजकमा चन्दन गुरुङ, मिडिया संयोजकमा बाचस्पति रेग्मी सामाजिक सञ्जाल संयोजकमा दीपक मैथाने, आइटी संयोजकमा सन्तोष मन्डल तथा सांस्कृतिक संयोजकमा सुर्य गुरुङ र सहसंयोजकमा दिलु गुरुङ चुनिएका छन् ।
कार्यसमितिको सदस्यहरुमा कृष्ण भण्डारी (वेल्स), विजय डंगोल( स्कटल्यान्ड), नारायण कुँवर (नर्दन आयरल्यान्ड), रविन्द्र शर्मा( मिडल्यान्ड), धनराज मल्ल, सुक गुरुङ, अर्चना गुरुङ, अञ्जना थापा, प्रतिमा जोशी, इश्वर महर्जन, मीननहादुर पुन, दीर्घ केसी, रामकुमार थापा, जय श्रेष्ठ र केशव खरेल चयन भएका छन् ।
निर्वाचन समितिका प्रमुख आयुक्त शिवजी श्रेष्ठले सर्वसम्मतिमा निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।
यसअघि फाउन्डेसनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरुमाथि छलफल गर्दै पारित गरिएको थियो । विधान समितिका संयोजक फडिन्द्र भट्टराईले प्रस्तुत गरेको विधान पनि संशोधनसहित पारित गरिएको थियो ।
निवर्तमान समितिका तर्फबाट महासचिव अर्जुन कटुवालले वार्षिक तथा कोषाध्यक्ष राजन खकुरालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । स्वागत मन्तव्य राख्दै उपाध्यक्ष सचिन श्रेष्ठले संस्थाका हालसम्मका गतिविधि र भावी योजनाबारे पावरपोइन्ट प्रिजेन्टेसन गरेका थिए ।
कार्यक्रममा बिएनसीसी अध्यक्ष डा कपिल रिजाल, आरजीएनएस अध्यक्ष जीत रानाभाट, क्याट यूके अध्यक्ष रितेशराज पाण्डे, प्रवासी नेपाली मञ्च युरोपका उपाध्यक्ष विनोद ज्ञवाली, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल, पत्रकार करुण अर्याल, पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नवीन पोखरेल र सचिव मञ्जु भण्डारी, दिदीबहीनी समूहका श्रद्धा थापा, रञ्जना केसीसहित बेलायतको नेपाली समुदायका अगुवा तथा अभियन्ताहरुको पनि सहभागिता थियो ।






