गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा थप चार सदस्यहरू मनोनीत

SHARE:

भरतमणि चोङबाङ
प्रवक्ता: गैर आवासीय नेपाली संघ युके

अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा थप चार सदस्यहरू मनोनीत भएका छन । संघको बैठकले चार को–अप सदस्यहरू मनोनीत गरेसँगै कार्यसमिति पूरा भएको ।

एनआरएनए यूकेको पछिल्लो बैठकले केही सदस्यहरू को–अप सदस्यका रूपमा मनोनीत गरिएको प्रवक्ताभरतमणि चोङवाङ लिम्बुले बताए । गत अक्टोबर ९ तारिखमा बसेको कार्य समितिको बैठकले तीन सदस्यहरू को–अप सदस्यमा मनोनीत गरेको थियो । योसँगै, सन् २०२१–२३ को कार्यकालका लागि निर्वाचित भएकोकार्य समितिको संख्या २९ पुगेको छ । गत अगष्ट ६ मा भएको निर्वाचनको परिणामअनुसार प्रेम गाहा मगरको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्माण भएको थियो । सेप्टेम्बरको बैठकले भने प्रवक्ता चोङवाङ लिम्बु रएक को–अप सदस्य अवेश राईलाई मनोनीत गरेको थियो । अक्टोबरबाट थपिएका सदस्यहरूमा हितकाजी गुरूङ, एनआरएनए यूेकमा चार को–अप सदस्यहरू मनोनीत क्षमता ढकाल र ग्याञ्जु शेर्पा रहेका छन् ।

मनोनीत भएका हितकाजी गुरूङ तमु धीँ यूकेका वर्तमान अध्यक्ष हुन् । उनी सामाजिक गतिविधि सक्रिय व्यक्तिपनि हुन् । त्यस्तै, शेर्पा भने केन्ट कम्युनिटी हेल्थ एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा) फाउन्डेसन ट्रष्टमा व्यापारफाँट हेर्ने प्रशासक हुन् । उनले अन्तर्राष्ट्रिय व्यवस्थापनमा मास्टर्स गरेका छन् । अर्की सदस्य ढकाल भने लामोसमय एनआरएनएको गतिविधिमा संलग्न व्यक्ति हुन् । कानून विषयमा स्नातकोत्तर गरेकी उनले गोर्खा नेपालीसमुदायको पाका उमेर समूहका लागि अनुवादकको काम समेत गर्दै आएकी छिन् । अवेश सूचना प्रविधिका एक जानकार व्यक्ति हुन् । उनी पेशाले चाटर्ड एकाउन्टेन्ट समेत हुन् । आईटी विभाग हेरिरहेका उनले ओपन एनआरएनए अभियानलाई प्रविधिमार्फत् प्रबर्धन गरिरहेका छन् ।

एनआरएनए यूके विश्वमा भएका सबैभन्दा धेरै सदस्यहरूको भएको समिति पनि हो । राष्ट्रिय समन्वय परिषद (एनसीसी) अन्तर्गत चार राज्य (इङ्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड, र स्कटल्याण्ड) का राज्यपरिषदहरू रहेका छन् ।त्यस्तै, विभिन्न १८ विभागहरू समेत खडा भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!