लन्डन डिसेम्बर ३ । नवलपुर जिल्ला समाज बेलायतको अध्यक्षमा महेश देवकोटा निर्वाचित भएका छन् ।
गत आइतबार नोभेम्बर २८ मा मिडल्यान्डको वुल्भरह्याम्पटनमा भएको दोस्रो अधिवेशनले देवकोटाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिमा डा हेमराज सापकोटा, मीना सापकोटा र सन्तोष रेग्मी उपाध्यक्ष, युवराज राना महासचिव, कृष्ण आचार्य कोषाध्यक्ष, बिकेन राना मगर सचिव र प्रकाश कंडेल मिडिया संयोजक छन् ।
समाजको नयाँ कार्यसमितिको सदस्यमा नारायण कँडेल (वकिङ), ऋषिराम सापकोटा, मिलन सापकोटा, किताबी सारु मगर र ज्योती रजाली मगर निर्वाचित भएका छन् । समाजका सल्लाहकार होम शर्मा संयोजक र टिकाराम सापकोटा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया सञ्चालन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति सदस्य सापकोटाले शपथग्रहण गराएका थिए ।
यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष इन्द्र सारु मगरको अध्यक्षतामा समाजको दोस्रो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा प्रस्तुत अघिल्लो कार्यसमितिका प्रगति तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो ।
बेलायतमा बस्ने नवलपुरेहरुको प्रतिनिधि संस्थाका रुपमा सन् २०१८ मा नवलपुर जिल्ला समाज बेलायत स्थापना भएको थियो ।






