काठमाडौं मंसिर १६ ।

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाई फेरि स्थगित भएको छ ।
आजका लागि तोकिएको सुनुवाई आउंदो सोमबार मंसिर २० लाई तोकिएको छ । कांग्रेससहितका दलका सांसद महाधिवेशनमा व्यस्त रहेर अनुपास्थित भएका कारण कोरम नपुग्ने भन्दै सुनुवाई सारिएको संसद सचिवालयले जनाएको छ ।
बेलायतका लागि प्रस्तावित राजदूत आचार्यसंगै अमेरिकालाई प्रस्तावित श्रीधर खत्री र भारतलाई प्रस्तावित डा शंकर शर्माको सुनुवाई पनि सोमबारलाई नै सरेको छ । प्रस्तावित राजदूतको संसदीय सुनुवाई पर सर्दै गएपछि बेलायतमा राजदूत आइपुग्ने दिन पनि थप लम्बिने भएको छ ।
यसअघिका राजदूत लोकदर्शन रेग्मी फिर्ता भएपछि अहिले कार्यवाहक राजदूतको जिम्मेवारी उपनियोग प्रमुख रोशन खनालले सम्हाल्दै आएकी छन् ।






