ओमिक्रोन भाइरसका बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

SHARE:

एजेन्सी मंसिर १८ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अनावश्यक हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ ।

डब्लुएचओका शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथले ओमिकर्न विश्वका ४० देशमा पुगिसकेकाले अनावश्यक हल्लाको पछि लाग्नुभन्दै स्वास्थका मापदण्ड पालना गर्नु उत्तम हुने बताए। उनले कोरोनाको नयाँ स्वरुपमा देखा परेको ओमिक्रोनविरुद्ध खोप लगाउन पनि आग्रह गरे ।

दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन अघिल्लो वर्षको कोरोनाकै परिवर्तित स्वरुप भएकाले स्वास्थ्य सावधानी अपनाउनु महत्वपूर्ण हुने डब्लुएचओको सुझाव छ । ओमिक्रोन फेला परेसँगै विश्वका विभिन्न देशले हवाइ तथा स्थल यातायातमा प्रतिवन्ध लगाउनुका साथै सार्वजनिक स्थलमा जथाभावी नजान पनि आग्रह गरेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय यात्रुहरुलाई यात्रा गर्नु भन्दा एक दिनअघि कोरोना परीक्षण गर्न पनि विभिन्न देशले आग्रह गरेका छन् । भारतमा पनि दुई जनामा ओमिक्रोन संक्रमित फेला परेको समाचारमा जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!