राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

SHARE:

काठमाडौं मंसिर १९ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

राप्रपा महाधिवेशनका क्रममा शनिबार भएको मतदानको आज विहाज सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । अन्तिम मत परिणाममा लिङ्देनले थापालाई दुई सय मतले पराजित गरे । कुल ३ हजार ८ सय ७३ मत खसेकोमा लिङ्देनले १८ सय १७ मत पाएका थिए भने थापाले १६ सय १७ मत प्राप्त गरे । ४ सय ३१ मत बदर भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ ।

लिङ्देनको जीतसंगै राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । अन्य पदाधिकारीहरुको पनि मत गणना सकिएको छ । जसअनुसार उपाध्यक्षहरुमा बिक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् ।

यस्तै, महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही निर्वाचित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!