वरिष्ठ कवि कोमल मल्ल सम्मानित

SHARE:

लन्डन, अभिव्यक्ति शुङ्खलासम्मान् २०२१ बाट नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ल सम्मानित भएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान युकेद्वारा हरेक वर्ष एक जना स्रष्टालाई प्रदान गरिदै आएको उक्त सम्मान् यसवर्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ललाई लामो समयदेखि निरन्तर साहित्य सिर्जनाका लागि प्रदान गरिएको छ ।

नर्थ लन्डन हनीपटलेन स्थित एभ्रेष्ट स्पाइस रेष्आटुरामा आयोजित एक समारोहबीच नेपाली प्रतिभा प्रतिष्ठान युकेका अध्यक्ष गणेश राईले उक्त अभिव्यक्ति शृङ्खला सम्मान- ताम्रपत्र स्रष्टा मल्ललाई हस्तान्तरण गर्नुभएको थियो । कोभिड सामाजिक दुरी र सुरक्षालाई ध्यानी राखेर सानो सङ्ख्यामा आयोजना गरिएको उक्त सम्मान समारोहमा प्रतिष्ठानका महासचिव देवेन्द्र खरेश, सचिव नाती नरेश र स्रष्टा रामकुमार राईको उपस्थिति रहेको थियो भने परिषद्का पूर्व कार्यकारिणी सदस्य तथा नेसाविप नेपाली साहित्य पुरस्कार ट्रस्टकी सदस्य कोहिनूर मल्ल र पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा नेपाली साहित्य विकास परिषद् यूके को तर्फबाट नेपाली प्रतिभा प्रतिष्ठान अध्यक्ष गणेश राई लगायतका प्रतिनिधिहरूमा नेपाली साहित्य विकास परिषद् यूके को तर्फबाट अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले पिरषद्को रजत स्मारिका र मायाको चिनो प्रदान गर्नु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!