नेपाली वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा धनबहादुर सार्की निर्वाचित

SHARE:

लण्डन मंसिर २० ।

नेपाली वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा धनबहादुर सार्की निर्वाचित भएका छन् ।

डिसेम्बर ४ मा सम्पन्न दोस्रो अधिवेशनले धनबहादुर सार्कीको अध्यक्षतमा ९ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष सार्की एनआरएनए यूकेको पूर्व कार्यसमिति सदस्य एवं यूकेमा पोस्ट अफिस, कफी सप व्यवसाय सञ्चालक पनि हुन् ।

यस्तै नयां कार्यसमितिमा उपाध्यक्ष तेजेन्द्र गुरुङ, महासचिव शम्सेर नेपाली, सचिव बुद्धि बहादुर रुचाल, कोषाध्यक्ष धविन्द्र बौडेल, सहकोषाध्यक्ष किरण नेपाली तथा सदस्यहरुमा सन्जय नेपाली, आशादेवी रोका र इलिजा बस्याल नेपाली निर्वाचित भएका छन् । नयां कार्यसमिति चयन गर्न गोपाल रोका, उदी नेपाली र बुद्धि बहादुर नेपाली सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । प्रमुख निर्वाचन आयुक्त गोपाल रोकाले नयाँ कार्यसमिति चयन भएको घोषणा गर्दै शपथ खुवाएका थिए ।

दोश्रो अधिवेशनमा सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले विशेष सांगीतिक नृत्य प्रस्तुत गरेको थियो । कलाकारहरु सेलिना साही, लिकोन गुरुङ, रितिका खरेल र प्रभा बिकले नाच प्रस्तुत गरेका थिए । सो संस्थाले स्थापनाको छोटो समयमै नेपालमा कोभिड महामारीका बेला विभिन्न सामाजिक कार्य गरेको थियो । संस्थाले नेपालका २१ जिल्लामा हजारौं नेपालीलाई लाखौं मूल्य बराबरको खाद्यान्न वितरण गरेको थियो ।

सामाजिक अभियन्ता एवं अध्यक्ष धनबहादुर सार्कीले विभिन्न संघसंस्थासंग समन्वय गरी ‘बांचौं र बचाऔं अभियान’ प्रोजेक्टमार्फत राहत कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाले नेपालमा कलेजो, क्यान्सर पीडित 
बिरामीलाई आर्थिक सहयोग पनि गरेको छ । सोसाइटीले बेलायतको अल्डरसटमा पहिलो भिसी कुलवीर थापाको सालिक निर्माणमा पनि एक हजार एकसय पाउण्ड सहयोग गरेको थियो ।

सार्कीर्ले आगामी यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ पाउने आशा पनि व्यक्त गरेका छन् । उनले दोस्रो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने कार्यसमिति, सल्लाहकार तथा संस्थाका सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!