बेलायत लगायत तीन देशका राजदुतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

SHARE:

काठमाडौं मंसिर २० ।

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य लगायत तीन देशका राजदुतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

संघीय संसद् संसदीय सुनुवाइ समितिले सोमबार बेलायतका साथै भारत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको बैठकमा बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित डा. शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट उनीहरुको अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!