बैतडी मंसिर २० ।

बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सोमबार साँझ पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा दुर्घटनामा परेको हो । दुर्घटना परि मृत्यु हुनेहरुमा पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद बिक, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुृलेका २४ वर्षीया प्रेम चुनारा र २० वर्षीया मनिषा बिक रहेका इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ ।
दुर्घटनामा पाटन नगरपालिकाका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द बिक घाइते भएका छन् । जीपमा चालकसहित ११ जना सवार रहेका थिए ।
दुर्घटनाग्रस्त जीप सडकबाट एक सय मिटर तल खसेको छ । चालक फरार रहेका छन् ।






