मगर संघ युके केन्टको अध्यक्षमा क्याप्टेन रिटायर्ड नानीबाबु निर्वाचित

SHARE:

लण्डन डिसेम्बर ७ । मगर संघ युके केन्ट ब्रान्चको अध्यक्षमा क्याप्टेन रिटायर्ड नानीबाबु मगर निर्वाचित भएका छन् ।

ब्रान्चको आइतबार भएको अधिवेशनले मगरको अध्यक्षतामा आगामी तीन वर्षका लागि निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईश्वर आलेमगर, सचिवमा धन बुढा, सहसचिवमा बिनम राना, कोषाध्यक्षमा रिम काउचा, सहकोषाध्यक्षमा दीपक बुढा चयन भएका छन् ।

साँस्कृतिक सचिवमा श्रीमती ईन्दिरा थापा, साँस्कृतिक सहसचिवमा श्रीमती युवा थापा, पेयपदार्थ सचिवमा ओम थापा, पेयपदार्थ सहसचिवमा कृष्ण थापा, खाद्य सचिवमा दुर्गा आले, खाद्य सहसचिवमा कल्पना पुन, मिडिया सचिवमा विश्वजीत थापा, मिडिया सहसचिवमा मीन थापा, यातायात सचिवमा डिल्लिराज थापा, खेलकुद सचिवमा भबहादुर पुन, खेलकुद सहसचिवमा याम थापा, सम्पत्ति सचिवमा ठाकुर आले, सम्पत्ति सहसचिवमा खुशीमान राना, युवा संयोजकहरुमा विशाल राना, विकास राना, विष्णु बुढा र विश्वजीत थापा, कर्मकाण्ड सचिवमा रिम काउचा, कर्मकाण्ड सहसचिवमा अमर पुन निर्वाचित भएका छन् ।

क्षेत्रीय प्रतिनिधिहरुमा आसफोर्डमा अमर मगर र भीमबहादुर पुन, क्यान्टरबरी भीमबहादुर आले, फोल्कोस्टोन लिलप्रसाद पुन, मेडिस्टोनमा जगत आले र पूर्ण श्रीश, डोभरमा कुल थापा, इन्भिक्टा ब्यारेकमा डेगराज थापा र सनक्लीफ ब्यारेकमा प्रकाश बुढा रहेका छन् । नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्ष उत्तर मगर प्रमुख आयुक्त, सीता पुन उपप्रमुख आयुक्त, होम रोका सचिव, लालबहादुर पुन र हिक्मतसिंह रोका सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

ब्रान्चका अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुनको अध्यक्षतामा सो अधिवेशन सम्पन्न भएको थियो । अधिवेसनको प्रमुख अतिथि मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष सीता पुन रहेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!