चीनमा भएको दुर्घटनामा १८ को मृत्यु, १४ घाइते

SHARE:

चाङ्सा, चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् ।

स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८स्४१ मा दुर्घटना भएको थियो । तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।

घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!