बेलायतले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

SHARE:

लण्डन मंसिर २३ ।

बेइजिङमा हुन लागेको हिउँदे ओलम्पिकलाई बेलायतले कुटनीतिक बहिस्कार गर्ने भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार बेलायती संसदमा सो कुराको जानकारी गराएका हुन् । चीनमा मानवअधिकार उल्लंघनका घटनाका कारण बेलायतका कुनै पनि मन्त्रीले बेइजिङ ओलम्पिकका समारोहमा भाग नलिने उनले स्पष्ट पारेका छन् ।

पछिल्ला समयमा चीन र पश्चिमी देशहरुबीच सम्बन्ध चिसिएको छ । जसका कारण अमेरिका र अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिकमा मन्त्रीहरु नपठाउने निर्णय गरिसकेका छन् । उनीहरुले बेइजिङ ओलम्पिकको ‘कुटनीतिक बहिस्कार’ भन्दै खेलाडीहरुले ओलम्पिकमा भाग लिने तर सरकारी अधिकारीहरुले भाग नलिने बताएका छन् ।

बेलायत, अमेरिका र अष्ट्रेलिया पछिल्ला दिनमा चीनलाई नियन्त्रणमा लिनका लागि ओकास नामक सम्झौतामा सहकार्यमा पनि छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!