कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्र कसले के भने ?

SHARE:

काठमाडौं मंसिर २४ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु भएको छ ।काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न उद्घाटन सत्रमा विदेशी पाहुनाहरु तथा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

प्रचण्डले सम्बोधनको क्रममा नेपालको इतिहास एक्लै हिँडेर कोही पनि गन्तव्यमा नपुगेको बताएका थिए। उनले अहंकार राखेर एक्लै नहिँड्न ओलीलाई चुनौति दिएका थिए । त्यसको जवाफ दिँदै ओलीले आफूहरु एक्लै नहिँडेको बरु सहकार्य गर्न खोजेको बताएका थिए

भारतीय नेता हर्षवर्द्धनले सुरुमै आफूले पहिलोपटक मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्रीहरु एउटै मञ्चमा देखेको बताएका थिए। त्यसको जवाफ फर्काउँदै प्रचण्डले भने सबै पूर्व प्रधानमन्त्रीहरुलाई हामी एकअर्काले साथ दिएरै प्रधानमन्त्री बन्नु भएको हो। उनले एक्लै कोही पनि प्रधानमन्त्री नबनेको स्पष्ट पारेका थिए ।

त्यस्तै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरतिर नेताहरुलाई चोर भन्ने गरेको बताए। त्यसको जवाफ दिँदै प्रचण्डले भने यो बिलकुल गलत हो। केपी ओलीले भने भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै कटाक्ष गरे। ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!