बेलायतमा पुनम गुरुङले फेरि अर्को इतिहाँस रच्दै

SHARE:

लन्डन । गैर आबशीय नेपाली संघ (एनआरएनए) युकेको इतिहाँसमा पुर्ब अध्यक्ष पुनम गुरुङले एनआरएनएए युकेको अध्यक्षमा निर्वाचित भएर पहिलो महिला अध्यक्षको इतिहाँस रच्न सफल भएकी थिइन्। गुरुङ एनआरएनएए युकेको जिम्मेवारी सफलतापुर्बक सम्पन्न गरेपछि बेलायतको राजनीतिकमा आबद्ध भएकी थिएन्। उनलाई बेलायतको कञ्जरभेटिभ पार्टीले बेजिङस्टोक क्षेत्रको कञ्जरभेटिभ पार्टीको ‘महिला प्रमुख’ को जिम्मेवारी सुम्पेको छ । बेलायतको नेपालीमुलका महिला नेतृ पुनम गुरुङले उक्त जिम्मेवारी पाएपछि उनले फेरि अर्को इतिहाँस रच्न सफल भएकी हुन्।

गत डिसेम्बर ३ का दिन सांसद मारिया मिलरको उपस्थितिमा एक कार्यक्रमबीच पार्टी कमिटीले गुरुङलाई नयाँ जिम्मेवारीमा स्वागत गरेको छ । त्यसअवसरमा बेजिङस्टोक कञ्जरभेटिभ एशोशिएशनका अनररी सेक्रेटरी तथा साउथ इष्ट इंग्ल्यान्ड सदस्यता विभाग उपप्रमुख एन्ड्रु हेन्डरसन, एशोशिएशन अध्यक्ष नाइजेल म्याकनेयर स्कट र प्रमुख एफी ग्र्यान्ट, काउन्सिलर लारा म्याकुनारा लगायतका पार्टी नेताहरुको उपस्थिति थियो ।

त्यस्तै, काउन्सिल लिडर अरुण मुलम्मालानेनी र काउन्सिलरहरु जय गनेश, समीर, अबिगेइल र धनपति, कोषाध्यक्ष टिम, बेजिङस्टोक हिन्दू कम्युनिटीका अध्यक्ष किशोर पटेल लगायत पनि कार्यक्रममा उपस्थित थिए । पार्टीको महिला प्रमुखका रुपमा स्थानीय महिलाहरुलाई राजनीतिमा आकर्षित र प्रोत्साहित गर्नु गुरुङको मुख्य जिम्मेवारी रहनेछ । उनको कार्यकाल आगामी तीन वर्ष रहनेछ। बेजिङस्टोक क्षेत्रमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले ५० वर्षभन्दा लामो समयपछि चेयरवुमन (महिला प्रमुख) नियुक्त गरेको हो । उक्त जिम्मेवारी प्राप्त गर्नेमा गुरुङ नेपाली समुदायबाट मात्र नभइ जातीय अल्पसंख्यक समुदायबाटै पहिलो हुन् । गुरुङ प्रमुख रहेको पार्टीको महिला विभागको डेपुटी प्रमुख स्थानीय काउन्सिलमा निर्वाचित काउन्सिलर छन।

सामाजिक कार्यहरुमा लामो समयदेखि सक्रिय गुरुङले एनआरएनए यूके अध्यक्षको कार्यकाल पूरा गरेपछि बेलायतको कञ्जरभेटिभ पार्टीमा सक्रिय बनेकी हुन् । बेजिङस्टोक नेपाली कम्युनिटीको सल्लाहकारका रुपमा यसअघि पनि उनले स्थानीय नेपाली र बेलायती दुवै समुदायसँग मिलेर काम गर्ने अवसर पाएकी थिइन् । त्यसबाहेक बेलायतकै अग्रणी तमुधिं यूकेको आमा समूहकी संस्थापक अध्यक्ष रहेकी गुरुङ विगत ८ वर्षदेखि ‘रेस फर लाइफ’ मार्फत् क्यान्सर रिसर्च यूकेको सहयोगमा खटिंदै आएकी छन् ।

एनआरएनए यूकेमा पहिलो महिला अध्यक्षको किर्तिमान बनाउन सफल गुरुङले सन् २०१९-२१ कार्यकालको ‘कमाण्ड’ सम्हालेकी थिइन् । त्यसअघि एनआरएनए यूकेमै एक कार्यकाल उपाध्यक्षको रुपमा उनले काम गरेकी थिइन् । बेलायतमा प्रपर्टी, हस्पिटालिटी क्षेत्रका विभिन्न व्यवसायमा संलग्न गुरुङले नेपालमा त्रिचन्द्र कलेजबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेकी छन् ।

बेलायतको राजनीतिमा अघि बढ्दै गरेकी गुरुङले समाजसेवाकै लक्ष्य राखेर राजनीतिमा सक्रिय बनेको बताउंछिन् ।’सामाजिक संस्थामा होस् वा राजनीतिमा मेरो मुख्य चाहना समाजसेवा नै हो’, उनले भनिन्, ‘बेजिङस्टोक कञ्जरभेटिभ पार्टीले दिएको जिम्मेवारीलाई मैले ठूलो अवसरका रुपमा सदुपयोग गर्नेछु ।’नेपाली तथा सिंगो अल्पसंख्यक समुदायबाटै पहिलोपटक उक्त जिम्मेवारीमा नियुक्त भएको र पूर्व गोर्खाको परिवार समेत रहेका कारण पार्टीले आफूमाथि ठूलो आशा राखेको भन्दै उनले आफ्नो जिम्मेवारीमा इमान्दार भएर लाग्ने अठोट व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!